ओलीजीले नेकपाको गाडी ठोक्काउनुभो : वामदेव

नेकपा नेता वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीले नेकपा नामको गाडी ठोक्काएर दुर्घटना गएको टिप्पणी गरेका छन् । एक टेलिभिजनमा कुराकानी गर्दै उनले फुटको मुख्य जिम्मेवारी ओली र प्रचण्ड र माधव नेपाला भएको बताए ।

नेता गौतमले भएका निर्णय नमान्ने, चुनावी घोषणापत्र नमान्ने ओलीको कमजोरी रहेको बताउँदै अविश्वासको प्रस्ताव हठात ल्याउँदा संसद विघटन भएको बताए । उनले आफूले रोक्ने भएकाले अविश्वास प्रस्तावबारे थाहा नदिइएको दाबी ग्रे ।

यद्यपि चाडै नेताहरुले विभक्त भएको नेकपा एकताको महसुस गर्ने उल्लेख गरे । उनले भने, ‘सबैभन्दा पहिले कार्यकर्तामा महसुस हुन्छ, त्यसपछि नेताहरुमा महसुस हुन्छ । त्यसपछि मिलाइदेऊ भनी मसँगै आउनुपर्छ । मैले यो काम छोड्नुहुन्न । त्यसैले म यो बीचको बाटोमा छु ।’

नेकपाका दुवै पक्षमा नलागी एकता अभियान घोषणा गरेका उपाध्यक्ष गौतमले फरक पृष्ठभूमिका २ पार्टी एकै पटक एकीकरण हुँदा पनि समस्या आएको बताए । उनले भने, ‘एउटाले जनयुद्ध चलाएको, अर्काे शान्तिपूर्ण बाटोमा थिए नि । पृष्ठभूमि हेर्दा मिल्न सक्ने स्थिति थिएन । पार्टी एकता गराउनका लागि मैले आफू रहेको पार्टीमा घोर अपमान सकेको छु ।’

तर नेकपा अहिलेको अवस्थामा आउला भन्ने कल्पनासम्म नगरेको उनको भनाइ छ । उनले एकीकरणका बेला अधिकार र कर्तव्यमा दुवै अध्यक्ष बराबरी भएको खुलाए । अहिले पार्टी फुटे पनि बाटो एउटै भएकाले चाडै एकताको महसुस हुने विचार राखे ।

अहिलेको विभाजन न्यायोचित नठहरिने उल्लेख गर्दै उनले आफ्नो पक्षमा आउनुस् भनेर आउनेलाई प्रशिक्षण दिएर पठाउने गरेको सुनाए । उनले थपे, ‘आउनुस् भन्नेहरु कोही रोएर, कोही रिसाएर जानुभएको छ ।’

प्रधानमन्त्रीले काम गर्न पाइनँ भन्ने कुरा मान्न नसकिने उल्लेख गर्दै उनले आफूलाई बारम्बार उपयोग गरिएको गुनासो गरे । गौतमले भने, ‘प्रधानमन्त्री बनाउँछु भनी टियर ग्याँस बनाउनुभो । म जस्तो मान्छेलाई यसरी प्रयोग गर्नुहुन्छ भन्ने मैले कल्पना गरेको थिइनँ । मलाई अनेक पटक मित्रघात गर्नुभयो, मैले अहिलेसम्म गरेको छैन ।’ आफू ओलीको कार्यशैलीको भए पनि थाहै नदिई अविश्वासको प्रस्ताव ल्याएकाले एक्लै मिलाउन सकिन्छ भनेर लागेको उनले सुनाए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।