नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री खगराज अधिकारीले प्रतिनिधि सभाको विघटन प्रधानमन्त्रीको रहर नभई वाध्यता भएको दाबी गरेका छन् ।
नेकपा पोखरा महानगरपालिका वडा नं. १७ द्धारा आज आयोजित वडास्तरीय कार्यकर्ता भेलामा उनले समृद्धि र विकासका मार्गमा सरकार अघि बढिरहदा पार्टी भित्रबाटै विभिन्न नाममा घेराबन्दि गरिएको बताए । स्वाधिनताका पक्षमा पार्टी कार्यकर्तालाई उभिन आग्रह गर्दै उनले अवसरवादीका एवम् विदेश परस्त प्रवृतिसंग बेलैमा जोगिनु पर्नेमा जोड दिए ।
पार्टी एकिकरणका बखतका विधानलाई अक्षरस मनन गर्न आग्रह गर्दै पार्टी सिद्धान्त तथा बैचारिक स्पष्टताका साथ उभिन उनले कार्यकर्तालाई आग्रह गरे । निर्वाचनमा जुटन आव्हान गर्दै अधिकारीले आसन्न निर्माचनमा पनि पहिलो पार्टी बनाउने तर्पm लाग्नुपर्ने आवश्यकता औंल्याए ।
पोखरा महानगरपालिकाका प्रमुख एवम् पार्टी केन्द्रीय सदस्य मानबहादुर जिसीले चैतमा घोषणा भएको महाधिवेशनसम्म कुर्न नसक्नेले चुनावमा जितेर प्रधानमन्त्री बन्न चुनौती दिए । नर्वाचनसँग डराएर सडक आन्दोलनमा लाग्नेहरुले नेपाली जनताको भाग्य र भविष्य प्रतिको सडयन्त्र भएको बताउँदै अध्यक्ष र महासचिव भएको पार्टी आधिकारीक हुने विश्वास व्यक्त गरे ।
नेकपा केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य कृष्ण थापाले बैशाखमा निर्वाचन भएरै छाडने विश्वास व्यक्त गर्दै त्यसका लागि कार्यकर्ता संगठित भएर जुटनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टी केन्द्रीयहरु मिना गुरुङ, झकबहादुर थापा, मनु खत्री, पोखरा १७ का वडाध्यक्ष तिर्थराज अधिकारी, कार्यपालिका सदस्य राधिका शाही योगी, पार्टी जिल्ला कमिटी सदस्य भेषराज बराल, पार्टी वडा अध्यक्ष सुभाष ढुङ्गाना, लालबहादुर राना लगायतले बोलेका थिए ।