Author Archive

१० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न नपरोस् : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘निरंकुशता’ विरुद्ध थप आन्दोलन चर्किने बताएका छन् । नेकपा दाहाल–नेपाल समूहको जनसभामा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । ‘तपाइँले जतना र राष्ट्रका लागि अपराध गर्नुभयो, बरु राजिनामा दिनुस्, उनले भने, ‘तपाइँ जति निरंकुशतातर्फ जानुभयो त्यति विद्रोह चर्किन्छ ।’ उनले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै आफूहरु जनताको शरणमा आएको बताए । उनले भने, ‘जनताप्रति… पुरा पढौ

खानेपानी आयोजनामा पूर्व अध्यक्ष पोखरेलको चासो

नेपाल खानेपानी संस्थान सञ्चालक समितिका पूर्व अध्यक्ष डा. परमेश्वर पोखरेलले पोखरा खानेपानी आयोजना निर्माणमा चासो देखाएका छन् । पोखरा १५ कोलपाटनमा निर्माणाधिन पोखरा खानेपानी शुद्धीकरण आयोजनाको ओभरहेड पानी ट्यांकी अवलोकन गर्दै पानीको अभाव हुन नदिन संस्थानलाई आग्रह गरे । अवलोकनमा स्थानीय समाजसेवीसहित पुगेका डा. पोखरेलले पोखरेली नागरिकलाई शुद्ध पिउने पानी वितरण खानेपानी संस्थानबाटै सम्भव हुने बताए । उनले आफ्नो ४ वर्षे कार्यकालमा भएको नतिजाले भविष्यसम्म प्रभाव परिरहने उल्लेख गर्दै थप… पुरा पढौ

कांग्रेस जस्तोसुकै परिस्थिति सामना गर्न तयार छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसँग प्रतिनिधिसभा पुनर्स्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज वीरगञ्जमाआयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा संकट आएको जनाउँदै समाधानका लागि प्रतिनिधिसभा पुनर्स्थापना वा निर्वाचनमा जानुपर्ने बताए । सञ्चारकर्मीको एक प्रश्नको जवाफमा पूर्व उपप्रधानमन्त्री निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले… पुरा पढौ

गीत

कस्तो होला लाग्थ्यो पहिले सपनाको देशयथार्थमा भेटाइनँ अहिले आराम, ऐश गाडी चढी हिँडे पनि ऋण आफ्नै शीरमाबंगलामा बसे पनि अल्झिनु छ पीरमारात नभनी, दिन नभनी हाड घोटिरह्योबैंकको किस्ता तिर्दा तिर्दै जुनी बित्ने भयो उखरमाउलो गर्मी कहिले, हिँउको थुप्रो कहिलेघडीको सुइ समातेर हिँड्नु पर्छ जहिलेकमाएको लाख देखिन्छ बचत सुको छैनवर्षौं भयो स्वदेश फिर्न अझै सक्या हैन । पुरा पढौ

कविता : तानाशाह…

तानाशाह १आउन त आयोछोराछोरीहरुका लागि प्रतिगमनसाख्यै बा भएरकुनै बेला अंशबण्डा नमिल्दासौतेनी बा भएर पनि आउन सक्छआउन सक्छ झड्केलो बा भएर पनित्यति बेलाफेरि उनीहरुले नारा लगाउने छन्प्रतिगमन बा मुर्दावाद भनेरतानाशाह बा मुर्दावाद भनेर । तानाशाह २उनीहरु भन्दै छन्बालाई प्रतिगमन भन्नू हुँदैनबालाई तानाशाह भन्नू हुँदैनबालेसंविधानमा टिपेक्स लाए पनिबालेसंविधानलाई इरेजरले मेटे पनिबाबा हुनै हुन्बालाई अपमान गर्ने छुट कसैलाई छैन तानाशाह ३उनीहरु भन्दै छन्लय हालेरबा भनेकै संविधान हुन्बा अगाडिजाबो कागजको खोस्टोकसरी संविधान हुन सक्छ पुरा पढौ

साँघुरिँदै फेवा सिमसार

आज २४ औं अन्तराष्ट्रिय सिमसार दिवस विश्वभर मनाइरहेको छ । यसै अवसरमा फेवा ताल संरक्षणका लागि तपाइंहरुको साथ र सहयोग पाएर नै विविध संरक्षणका कामहरु गर्न हामी उत्साहित भएका छौं । वन, वनस्पति, वन्यजन्तु र मानव जीवनका लागि सिमसार क्षेत्र महत्वपूर्ण छ । सिमसारले मानव सभ्यता तथा प्रकृतिलाइ जगाइरहेका हुन्छन् । सिमसारले प्राकृतिक रुपमा पानी प्रशेधन गरी हामीलाई पिउने पानी प्रदान गर्दछ । खाद्यान्नको स्रोत मात्र होइन विश्व अर्थतन्त्रको अधार… पुरा पढौ

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ। पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर दुई, दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको हो। बढेको मूल्य सोमबार रातिबाट लागू हुने निगमले प्रेस विज्ञप्ती मार्फत बताएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ९३ रुपैयाँ प्रतिलिटर पुगेको छ। निमगले डेढ महिनामा इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएकाले मुल्य वृद्धि गरेको जनाकारी गराएको छ। पुरा पढौ

वडाध्यक्षमाथि हातपात

हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि आक्रमण भएको छ। श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडाध्यक्ष रग थापामाथि हातपात हुँदा टाउको, मुख र शरीरमा चोट लागेको हो। चोटपटकबाट उनको अवस्था गम्भीर बनेको बताइएको छ। प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत अदानचुली गाउँपालिका–१को कार्यक्रम अनुगमनमा गएको समयमा एक्कासि वडाध्यक्ष थापामाथि ढुंगा प्रहार भएको हो। वडाध्यक्ष थापाले प्राविधिकको सर्बेविना श्रीनगरको सडक मनपरी ढंगले काट्न नहुने भन्दै सम्झाउन खोज्दा आफूमाथि एक्कासि ढुंगामुढा प्रहार भएको बताए।… पुरा पढौ

हेमजामा खुल्यो फ्रेन्डसिप ड्राइभिङ स्कुल

पोखरा महानगरपालिका २५ हेमजाको मिलनचोकमा नयाँ ड्राइभिङ स्कुल खुलेको छ । फ्रेन्डसिप ड्राइभिङ स्कुल एन्ड प्रिटेस्ट सेन्टर प्रालिले आइतबारबाट सेवा सुरु गरेको हो । यातायात व्यवस्था विभागको निर्देशका २०७४ अनुसारका सबै मापदण्ड पूरा भएको ड्राइभिङ स्कुल पोखरा महानगरमा पहिलो पटक खुलेको प्रालिका अध्यक्ष प्रेम अधिकारीले दाबी गरे । यसमा ६ व्यवसायीले करिब डेढ करोड लगानी गरेका छन् । मोटरसाइकल, स्कुटर र गाडीको प्रयोगात्मक र सैद्धान्तिक दुवै पक्षको ज्ञान दिई दक्ष… पुरा पढौ

लुडो खेलबाट प्रधानमन्त्री छानौ

हामीलाई कम्युनिष्ट सिद्दान्त सिकाउनेहरू "संसदिय ब्यबस्था दलाल पूजीपतिहरुले बाख्राको टाउको देखाएर कुकूरको मासु बेच्ने ब्यबस्था हो" भनेर सिकाउने गर्दथे। धेरै दु:ख पाएका, मार्क्सवादलाई जीवन पद्दतीमा उतारेका, भुइँ मानिसहरुको लागि जीवन समर्पण गरेका राता मान्छेहरुले भन्दा हैन होला जस्तो लाग्दथ्यो किनकी त्यस बेला पुजिवादी ब्यबस्था भएका देशहरुले आर्थिक उन्नति गरेका थिए । तर अहिले आएर आफैले भोग्दा हो कि क्या हो जस्तो लाग्न थालेको छ। नेपालका संसदीय मुल धारका कम्युनिष्ट पार्टी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं