साँघुरिँदै फेवा सिमसार

आज २४ औं अन्तराष्ट्रिय सिमसार दिवस विश्वभर मनाइरहेको छ । यसै अवसरमा फेवा ताल संरक्षणका लागि तपाइंहरुको साथ र सहयोग पाएर नै विविध संरक्षणका कामहरु गर्न हामी उत्साहित भएका छौं ।

वन, वनस्पति, वन्यजन्तु र मानव जीवनका लागि सिमसार क्षेत्र महत्वपूर्ण छ । सिमसारले मानव सभ्यता तथा प्रकृतिलाइ जगाइरहेका हुन्छन् । सिमसारले प्राकृतिक रुपमा पानी प्रशेधन गरी हामीलाई पिउने पानी प्रदान गर्दछ । खाद्यान्नको स्रोत मात्र होइन विश्व अर्थतन्त्रको अधार पनि पानी हो । यति महत्वको फेवा सिमसार प्राकृतिक रुपमा मात्र हेइन हाम्रो व्यवहारले पनि पुरिदै गएको छ ।

फेवा सिमसार अतिक्रमणका कारण साँघुरिँदै गएको छ । मुख्यतः जलवायु परिवर्तन, मानव अतिक्रमण र दिर्घकालिन संरक्षणको अभावमा फेवाताल सिमसार क्षेत्र साँघुरिँदै फोहोर पोखरीको रुपमा पुग्ने अवस्थामा पुग्दै छ । त्यस्तो जमीन, जहाँ पानीको सतह र जमीन करिब एउटै स्तरमा हुन्छ अनि बोटबिरुवाको अस्तित्व रहेको हुन्छ, जहाँ जमीन लुक्दैन, पानी सुक्दैन र रसिलो जमीन भएको क्षेत्रलाई सिमसार भनिन्छ ।

पानीका मुल, ताल, पेखरी, दलदल क्षेत्र, धानबाली हुने ठाउँ एवं पानी जमेको क्षेत्र सिमसारका प्रतीक हुन् । फेवातालका पिदमा गेग्रानहरु भरिँदै जानु, जलकुम्भी हाइड्रिल्ला जस्ता झारले ताल ढाकिदै र सहरी क्षेत्रको प्रदुषित फोहोरको उचित व्यवस्थापन नगर्दा फेवाताल सिमसार क्षेत्र पुनस्र्थापन गर्नै नसकिने स्थितिमा पुगेको छ।

यसको प्रत्यक्ष असर मानव जातिमा हुनेछ जसरी लेक भिक्टोरिया ९केन्या० मा जलकुम्भी झार ले पुरेपछि दुई दर्शक अघि मलेरिया लगायतका विविध रोग व्याधि हरुको प्रकोप सुरू भएको थियो । यसरी प्रकृतिमा रहेका जीवहरुको अस्तित्व मेटियो भने यसको असर मानव स्वास्थ्यमा पनि पर्दछ । यो वैज्ञानिक अनुसन्धान बाट पुष्टि हुँदै आएको छ । त्यसैले सिमसार क्षेत्रको उचित संरक्षण नभए जीवनचक्रमा क्रम भाँगता हुन गएर भविष्यमा ठूलो सङ्कट पैदा हुन सक्ने छ। फेवाताल वरिपरिका क्षेत्र मात्रै होइन, अनियन्त्रित मानव बस्ती तालका मुहान, खोला, खोल्सा मा बढ्दै जानु र सिमखेतहरु मासिँदै जाँदा सिमसार क्षेत्र नराम्रोसँग प्रभावित हुन पुगेको छ।

गलत कार्य गर्नेबिरुद्ध दण्डसजाय गर्न दवाव दिने र वृहत वृक्षारोपण कार्यक्रम अगाडि बढाउने, यी तीन कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने फेवाताल सिमसार क्षेत्र पुनस्र्थापन हुनेछ भन्ने आशा छ।

हाम्रै जिवनकालमा देखिएको एउटा सानो उदाहरण बसाई सराई गरेर फेवामा आउने चराहरु कम हुनु हो । फेवाताल संरक्षण पहलको फेसबुक को पानामा प्रकाशीत लेखमा कसरी फेवाताल वातावरण र सीमसार क्षेत्र बिनासको प्रतक्ष असर जाडोमा मंगोलिया र साइबरिए बाट आउने कर्याङ–कुरुङ सारस र बकुल्ला चराहरू बिस्तारै देखिन छोडियो भन्ने छ ।

अन्ततः फेवाताल सिमसार क्षेत्र बचाउको लागि तालमा गरिएका मानव र प्राकृतिक अतिक्रमणहरु न्यूतिकारण गर्न सम्बन्धित निकायहरु र वातावरण बचाउका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा गएर सहयोग लिने, मुहान अनि खोलानाला को बहावलाई प्रभावित हुन नदिन विभिन्न मापदण्ड र आचारसंहिता पालना को निरीक्षण गर्ने । गलत कार्य गर्नेबिरुद्ध दण्डसजाय गर्न दवाव दिने र वृहत वृक्षारोपण कार्यक्रम अगाडि बढाउने, यी तीन कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने फेवाताल सिमसार क्षेत्र पुनस्र्थापन हुनेछ भन्ने आशा छ।

हाल अष्टेलिमायमा रहेका लेखक कोइराला विदेशमा रहेका नेपालीलाई समेटेर ताल सरक्षणका क्षेत्रमा काम गरिरहेके फेवाताल संरक्षण पहलका संयोजक र संस्थापक हुन् ।