गीत

कस्तो होला लाग्थ्यो पहिले सपनाको देश
यथार्थमा भेटाइनँ अहिले आराम, ऐश

गाडी चढी हिँडे पनि ऋण आफ्नै शीरमा
बंगलामा बसे पनि अल्झिनु छ पीरमा
रात नभनी, दिन नभनी हाड घोटिरह्यो
बैंकको किस्ता तिर्दा तिर्दै जुनी बित्ने भयो

उखरमाउलो गर्मी कहिले, हिँउको थुप्रो कहिले
घडीको सुइ समातेर हिँड्नु पर्छ जहिले
कमाएको लाख देखिन्छ बचत सुको छैन
वर्षौं भयो स्वदेश फिर्न अझै सक्या हैन ।