हेमजामा खुल्यो फ्रेन्डसिप ड्राइभिङ स्कुल

पोखरा महानगरपालिका २५ हेमजाको मिलनचोकमा नयाँ ड्राइभिङ स्कुल खुलेको छ । फ्रेन्डसिप ड्राइभिङ स्कुल एन्ड प्रिटेस्ट सेन्टर प्रालिले आइतबारबाट सेवा सुरु गरेको हो ।

यातायात व्यवस्था विभागको निर्देशका २०७४ अनुसारका सबै मापदण्ड पूरा भएको ड्राइभिङ स्कुल पोखरा महानगरमा पहिलो पटक खुलेको प्रालिका अध्यक्ष प्रेम अधिकारीले दाबी गरे । यसमा ६ व्यवसायीले करिब डेढ करोड लगानी गरेका छन् । मोटरसाइकल, स्कुटर र गाडीको प्रयोगात्मक र सैद्धान्तिक दुवै पक्षको ज्ञान दिई दक्ष बनाइने प्रालिले जनाएको छ ।

सिक्ने क्षेत्र पूरै पिच भएकाले हिलो, धूलोको समस्या नहुने अधिकारीले बताए । उनले भने, ‘यातायात व्यवस्था कार्यालय गण्डकीको मापदण्ड बमोजिम बनेको प्रिटेस्ट सेन्टरमा सबै नयाँ सवारी साधन छन् । दक्ष र अनुभवी प्रशिक्षकबाट ग्राहकको रोजाइको सेवा दिन्छौं ।’

कार्यक्रममा ड्राइभिङ स्कुल संघ गण्डकी सचिव विष्णुप्रसाद पोखरेलले हेमजामा खुलेको यो सेन्टरले अब ड्राइभिङ सिक्न पोखरै आउनुपर्ने वाध्यता हटेको बताए । संघका केन्द्रीय सदस्य डिबी राईले सरकारका मापदण्ड पूरा गरी गुणस्तरीय सिकाई गर्दै ड्राइभिङ स्कुलहरुले देशका लागि योगदान गरिरहेको बताए । तर राज्यले ड्राइभिङ स्कुलहरुलाई कहिल्यै सम्बोधन नगरेको गुनासो गरे ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।