पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ। पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर दुई, दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको हो।

बढेको मूल्य सोमबार रातिबाट लागू हुने निगमले प्रेस विज्ञप्ती मार्फत बताएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ९३ रुपैयाँ प्रतिलिटर पुगेको छ।

निमगले डेढ महिनामा इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएकाले मुल्य वृद्धि गरेको जनाकारी गराएको छ।