चुनावपछि पनि मै प्रधानमन्त्री बन्छु : ओली

Featured Video Play Icon

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा आफू नेतृत्वको दलले बहुमत ल्याउने दाबी गरेका छन् । कुनै कारणबश नराम्रो अवस्था आए पनि सबैभन्दा ठूलो दल बन्ने र सरकारको नेतृत्व गर्ने उनले उल्लेख गरेका छन् ।

भारतीय टिभी जि न्युजलाई सोमबार साँझ दिएको अन्तर्वार्तामा ओलीले यस्तो बनाएका हुन् । उनले भने, ‘चुनावपछि मेरो पार्टीले बहुमत ल्याउँछ । शायद सरकारको नेतृत्व मैले नै गर्नुपर्छ ।’

भारत र चीनको बीचमा भएको विवादमा आफूले मध्यस्त गर्न सक्ने समेत उनले बताए । हिन्दी भाषामा दिइएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालको जमिन र आकास कसैको विरुद्ध कसैलाई प्रयोग गर्न नदिइने प्रष्ट पारे ।