गायक बद्री केसीद्धारा आत्महत्या

बेलायतमा बस्दै आएका गायक बद्री केसीले आत्महत्या गरेका छन् ।

डेढ दशकदेखि बेलायतमा रहेका पोखरा घर भएका केसी लण्डनको एजवेरमा बस्थे । ३२ वर्षीय केसीको शव रुखमा झुण्डिएको अवस्थामा शनिबार बिहान फेला परेको पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।

शुक्रबार उनले जीन्दगीदेखि निराशा भएको भवको स्टाटस पोस्ट गरेका थिए । ‘साथी, परिवार र संसारलाई नै ‘गुडबाई’ भन्ने फेसबुक स्टाटस लेखेर केसी आफैले काम गर्ने मिल हिल स्कुलको हातामा रहेको रुखमा झुन्डिएका हुन् ।

केसीले अल्डरसटको निरमाया रोधीघरमा सन् २००९ देखि झण्डै पाँचवर्षसम्म लोकदोहोरी गायकका रुपमा काम गरेका थिए ।