‘मुक्तकलाई पाठ्यक्रममा राख’

मुक्तक मञ्च पोखराले मुक्तकलाई नेपाली भाषाको पाठ्यक्रममा राख्न माग गरेको छ । मञ्चले साहित्यकार र समाजमा लोकप्रिय मुक्तकलाई पृथक विधाको रुपमा मान्यता दिँदै पाठ्यक्रममा समावेश गर्न माग गरेको हो ।

मञ्चका अध्यक्ष एवं पाठ्यक्रममा मुक्तक समावेश अभियानका संयोजक रामजीप्रसाद आचार्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा यसका लागि कार्यक्रमसमेत तयार गरेको जानकारी दिए । मञ्चले मुक्तकवाचनसहित ज्ञापनपत्र बुझाउने, माघ २ गते पोखरा महानगरको शिक्षा महाशाखा, माघ ४ गते शिक्षा विकास तथा समन्वय इकाइ कास्की र माघ ५ गते सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाउने जनाएको छ ।

संयोजक आचार्यले यो अभियानलाई सशक्त बनाउन माघ ८ गते पाठ्यक्रम विकास केन्द्रमा ज्ञापनपत्र बुझाउने र दबाबमूलक मुक्तकवाचनसमेत गरिने जानकारी दिए । मञ्चका सल्लाहकार लक्ष्मण थापाले मुक्तक फरक संरचना र अस्तित्वका साथ नेपाली साहित्यमा लोकप्रिय रहेको बताए ।

२०६५ मा स्थापना भएको मुक्तक मञ्चले मुक्तकको विकास र प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । नियमित वाचन, संकलन प्रकाशन, पुरस्कार सञ्चालन, अन्तक्र्रिया जस्ता कार्यक्रम संस्थाले गर्दै आएको छ । ‘मुक्तकको उत्थान, हाम्रो अभियान’ भन्ने उद्घोषका साथ सक्रिय मञ्चले नयाँ मुक्तक यात्रा २ प्रकाशन गर्ने जनाएको छ ।