
नेकपामा दलको आधिकारिता विवाद चलिरहेका बेला निर्वाचन आयोगका कानुन महाशाखा प्रमुखलाई सरकारले सरुवा गरेको छ ।
नेकपाको विवादमा कार्य गर्ने आयोगको कानुन महाशाखाका प्रमुख सहसचिव लक्ष्मी गौतमलाई सरकारले सरुवा गरेको हो ।
कर्मचारीको सरुवाका विषयलाई लिएर नेकपाका प्रचण्ड माधव नेपाल समूहका नेता योगेश भट्टराईले आपत्ति जनाएका छन् । उनले आयोगका वरिष्ठ कर्मचारीको सरुवा गर्नुले षड्यन्त्रको आभास भएको जनाएका छन् ।
निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका वरिष्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छु उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ुनियतमाथि शंका, षड्यन्त्रको आभास ।