लायन्स लेखनाथले दियो बाख्रा पैंचो

लायन्स क्लब अफ लेखनाथले महिलाको आय आर्जनमा सहयोग गर्न बाख्रा पैचो दिएको छ । बुधबार पोखरा २८ माझठानाको ओख्लेका महिला समूहलाई क्लबले बाख्रा वितरण गरेको हो । क्लबले महिला समूहलाई ३० बाख्रा दिएको हो ।

लायन्स क्लब ३२५ बि १ नेपालका डिस्ट्रिक गर्भनर मोहनबहादुर रोक्काले महिलालाई आर्थिक रुपमा बलियो बनाउन क्लबले अगाडी सारेको योजना प्रभावकारी भएको बताए । उनले आगामी दिनमा अरु महिलालाई पनि यो योजनामा समावेस गर्न सुझाव दिए ।

पोखरा २८ का वडाध्यक्ष निर्मल दियालीले लायन्सले महिलालाई आर्थिक रुपमा सक्षम बनाउने हेतुले गरेको काम प्रशंसनीय भएको बताए । उनले महिलालाई विकासको मूल प्रवाहमा ल्याउन स्थानीय सरकारसहित सामाजिक संघ, संस्था र जागरुक सबै नागरिकको भूमिका हुने उल्लेख गरे ।

लायन्स लेखनाथ अध्यक्ष संकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा, चिफ एड्भाइजर शैलेन्द्रमोहन भट्टराई, कलस्टर प्रमुख सूर्यनारायण बराल, लियो जिल्ला परिषद ३२५ बि १ नेपालका अध्यक्ष आदर्शमोहन भट्टराई, ओख्ले बाख्रापालन महिला समूहकी अध्यक्ष अम्बिका बुढाथोकी र क्लबका सचिव कृष्णप्रसाद तिमिल्सेना लगायतले बाख्रा पैचो कार्यक्रम फलदायी र प्रभावकारी भएको जनाएका थिए ।