Author Archive

एमाले पोखरा १७ को वाचाः जितपछि पनि घरदैलोमै भेटिन्छौं

चुनाव सकिएपछि गाउँबस्ती बिर्सिएको गुनासो पुरानै हो । गाउँ गाउँका सिंहदरबार मानिने स्थानीय तहमा नयाँ नेतृत्व चुनिँदै छन् । पोखरा १७ का एमालेका उम्मेदवारहरुसँग पनि स्थानीयले चुनावपछि पनि बस्ती र टोललाई नबिर्सिन आग्रह गरे । स्थानीयले भित्री बाटा पक्की बनाउन, खानेपानीको सहज व्यवस्थापन गरिदिन, वडाका सेवा, सुविधा चुस्त बनाउन माग गरे । एमालेबाट अध्यक्षकी उम्मेदवार राधिकाकुमारी शाही योगीले गएको कार्यकालभरि बस्ती बस्तीमै पुगेको स्मरण गर्दै अबका ५ वर्ष पनि वडाबासीको… पुरा पढौ

पोखरा १७ को एमाले गढ भत्काउँछौंः कांग्रेस

गएको स्थानीय चुनावमा पोखरा १७ मा नेकपा एमालेले अध्यक्षसहित सबै सदस्य जितेको थियो । अहिलेको निर्वाचनमा यहाँ एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच त्रिपक्षीय भीडन्त छ । यहाँ कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन बनेको छ । शुक्रबार भएको कार्यक्रमाम कांग्रेस नेताहरुले पोखरा १७ को एमालेको गढ भत्काउने दाबी गरे । कांग्रेस नेताहरु गुरु बराल र वृन्दा रानाले यसपालि वडामा कांग्रेसको नेतृत्वको गठबन्धनको जित निश्चित भएको बताए । शुक्रबार ६०… पुरा पढौ

गुनासा सुन्दै, मत माग्दै माछापुच्छे«का माओवादी उम्मेदवार

नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह निर्वाचनमा कास्कीको माछापुच्छ«े गाउँपालिकाको उपाध्यक्षमा प्रविणा अधिकारीलाई उम्मेदवार बनाएको छ । सानै उमेरमा अखिल क्रान्तिकारीमा आवद्ध भएर माओवादी आन्दोलनमा जोडिएकी अधिकारी यसअघिको निर्वाचनमा पनि अध्यक्षको उम्मेदवार थिइन् । अहिले उपाध्यक्षकी प्रत्यासी उनी शुक्रबार चुनावी अभियानमा माछापुच्छ«ेका विभिन्न वडामा घरदैलोमा पुगिन् । धम्पुस, धिताल र घाचोकका घरदैलोका क्रममा जनताबाट साथ पाएको दाबी गर्दै उनले यस पटक आफू विजयी हुने बताइन् । उनले भनिन्, ‘जनताले अहिले… पुरा पढौ

मादीमा गठबन्धनको बाचाः बाँदर लखेट्न अभियान चलाउँछौं

गठबन्धनबाट मादी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका नेपाली कांग्रेसका देवीजंग गुरुङले चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउने प्रतिवद्धता गरेका छन् । मादी गाउँपालिका ८ मा आयोजित चुनावी सभामा गुरुङले कृषकलाई बाँदरले निकै दुःख दिएको बताउँदै चुनाव जितेपछि यस्तो अभियान चलाउने बताएका हुन् ‘तपाईंहरुलाई बाँदरले खेती गर्न पनि दिएको छैन । खेती लगायो सबै सखाप पारिदिन्छ । चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउँछौं,’ गुरुङले भने । चुनाव जितेपछि कृषि, पर्यटन र… पुरा पढौ

‘पदबहालीकै दिनबाट घोषणापत्र कार्यान्वयन थाल्छौं’

जेठको पहिलो साता देशभरका स्थानीय तहले नयाँ नेतृत्व पाउँदै छन् । गाउँ गाउँका सिंहदरबार चुन्न ३० वैशाखमा एकै पटक चुनाव हुँदै छ । यो चुनावमा देशकै ठूलो महनगर पोखराको नेतृत्वका लागि पाँच दलीय गठबन्धनले साझा उम्मेदवारअघि सारेको छ । पोखराको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य र कांग्रेस नेतृ कोपिला आचार्य मैदानमा छन् । अघिल्लो चुनावमा अहिलेको मेयर मानबहादुर जिसीलाई जिताउने टिममै थिए धनराज । अहिले पूर्व सहकर्मी… पुरा पढौ

डिप्लोमा इन्जिनियर्स एसोसिएसन कास्कीमा नयाँ समिति

डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल (डिन) कास्कीमा अध्यक्षमा अनिलप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको छ । उपाध्यक्षमा शिशिर सुवेदी, सचिवमा संकल्प ढुंगाना, सहसचिवमा कृतिक जगन्नाथ लामिछाने, कोषाध्यक्षमा प्रकाश बिसुराल छन् । सदस्यमा विनोद केसी, सरोज पौडेल र सुमन अधिकारी छन् । शुक्रबार भएका११ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चुनेको हो । कार्यक्रममा कामेश्वरप्रसाद सिंहले डिप्लोमा ईन्जिनियर्सको हक अधिकारसँगै पेशालाई मर्यादित बनाउनुपर्नेमा जोड दिए । अनुसन्धानमा आधारित ईन्जिनियरिङ्ग ज्ञान तथा प्रविधिको साझेदारीका… पुरा पढौ

हंसपुरको विकास गर्ने वाचासहित कृष्ण चुनावी मैदानमा

नेकपा एमालेबाट रुपा ७ उम्मेदवारहरु अहिले वडाको विकासको एजेन्डासहित मत मागिरहेका छन् । वडाध्यक्षका उम्मेदवार कृष्णराज सुवेदीले नयाँ सोच, नेतृत्वले वडाको मुहार फेर्ने प्रतिवद्धता गरे । दर्जन बढी सामाजिक संघ, संस्थामा आवद्ध सुवेदी २ दशक शिक्षण गरेका थिए । शिक्षकबाट राजीनामा दिएर उनी उम्मेद्वार बनेका हुन् । वडाको समृद्धिका लागि कृषि, शिक्षा, स्वास्थ्य जस्ता कुरामा ध्यान दिने र वडाका सेवा, सुविधा सहज रुपमा नागरिकलाई प्रदान गर्ने उनले प्रतिवद्धता गरे ।… पुरा पढौ

सुशासन पहिलो प्राथमिकता

सत्तारुढ गठबन्धनले सुशासन पहिलो प्राथमिकता भएको जनाएको छ । गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्य र उपमेयर कोपिला रानाभाटले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सुशासनलाई पहिलो प्राथमिकतामा राखिएको हो । प्रतिबद्धताको पहिलो बुँदामा भनिएको छ,‘सुशासन हाम्रो पहिलो प्राथमिकता हो । यहाँको जनतालाई हामी सुशासनको प्रत्याभूति दिलाउँछौं ।’ पोखरा महानगरपालिकामा अहिले सुशासन कायम हुन नसकेको भन्दै आलोचना भइरहेको छ । अझ केहिले त पोखरा महानगरपालिका भ्रष्टाचारको अखडा बनेको भनेर… पुरा पढौ

एमाले पोखरा ७ को चुनावी घरदैलो

नेकपा एमाले पोखरा महानगरपालिका वडा नं ७ को चुनावी घरदैलो अभियान सम्पन्न भएको छ । स्थानिय तह निर्वाचनका लागि यही वैशाख १८ गतेदेखि सुरु भएको वडा नं. ७ को चुनावी घरदैलो अभियानमा उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमा रहेका मतदाताहरुको घरघरमा पुगेर यसपटक सूर्य चिह््रनमा मत दिएर विजयी गराउन आग्रह गर्दै आफुहरुले जितेमा आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्य, पुर्वाधार विकासलगायत क्षेत्रमा उत्कृष्ट काम गर्दै वडालाई नमुना वडा बनाउने प्रतिबद्धता जाहेर गरेका थिए । घरदैलो… पुरा पढौ

चुनावताका देशैभरका स्कुल ६ दिन बिदा

सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अन सार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा तीन दिन बिदा दिन निर्देशन दिएको हो। सो निर्देशनअनुसार देशैभरका सामुदायिक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं