Author Archive

मनाङको चामेमा एमालेको अग्रता

मनाङको चामे गाउँपालिकामा मत गणना सुरु भएको छ । प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ । कूल ५ वटा वडामाध्ये २ वटा वडाको मतगणना भइसक्दा एमालेका अध्यक्ष उम्मेदवार लोकेन्द्रबहादुर घलेले १५२ र उपाध्यक्ष उम्मेदवार आशाकुमारी गुरुङले १५४ मत ल्याएकी छन् । त्यस्तै, कांग्रेसका अध्यक्ष उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्ष उम्मेदवार मिङमार ढोमा लामाले १२९ मत ल्याएकी छन् । पुरा पढौ

२ मतदान अधिकृतलाई कारबाही

झापाका दुई जना मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका–६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्ण कारबाहीमा परेका हुन् । उनलाई जिल्ला निर्वाचन कार्यालयले फिर्ता बोलाएको छ । कमल ६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’ मा खटिएका कर्णले बिहीबार एक जना उम्मेदवारलाई ८८ वटा मतदाता परिचय पत्र उपलब्ध गराएका थिए । मादकपदार्थ सेवन गरी मतदानस्थलमा पुगेको आरोपमा झापा गाउँपालिका ६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेत कारबाहीमा परेका… पुरा पढौ

‘गएको कार्यकालमा जग राख्यौं, अब नमूना वडा बनाउँछौं

पोखरा महानगरका ठूला वडामध्येमा पर्छ वडा नं. १७ । डेभिजफल्स, गुप्तेश्वर गुफा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, सेतीको गल्छी, फुस्रो किनारको गल्छीदेखि विरौटा फाँट यही वडामा पर्छन् । पोखराका मुख्य बजारको रुपमा परिचित विरौटा, छोरेपाटन, डेभिजफल्ससहित बस्ती विस्तार भइरहेका टोल यहाँ छन् । यस्तो विविधतापूर्व वडाको नेतृत्वमा एमालेले राधिका शाही योगीलाई अघि सारेको छ । गएको कार्यकालमा वडा सदस्य रहेकी उनले कार्यपालिका सदस्यको रुपमा स्थानीय सरकारको अनुभव लिइसकेकी छन् । स्कुलबाटै राजनीतिमा… पुरा पढौ

स्याङ्जा फेदीखोलामा घनश्याम सुवेदी 

राज्य पुनर्संरचना हुँदै थियो ।विभिन्न खाकाहरु तयार हुँदै थिए ।पालिकामा फेदीखोलाको नाम हटेर आधीखोला सँग जोडिएर आयो ।स्याङ्जा फेदीखोलाका जनताहरु निराश भए ।जनताहरुलाई लाग्यो हरेक पालिकाका काम गर्न आधीखोला जानू पर्ने भयो । निराशाका काला बादलहरु मडारिदै थिए । फेदी खोलेहरु हतास मनस्थितिमा थिए ।आधीखोला नै ठिक भनेर धमीलो पानीमा माछा मार्न खोज्नेहरु पनि थिए । जनतामा छाएको निराशाको कालो बादल देखेर घनश्याम सुबेदीको मनमा विद्रोहको ज्वाला निस्कियो । फेदीखोला… पुरा पढौ

गठबन्धन कलंक, ५ दल ५ बाँदरः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबारको सभामा गाली, गलौजमा उत्रिएका छन् । पोखरामा एमालेले आयोजा गरेको सभामा उनले सत्तारुढ ५ दललाई देशको कलंक र ५ दललाई बाँदरको संज्ञा दिए । उनले भने, ‘५ दलीय गठबन्धन कलंक हो, देशको कलंक, लोकतन्त्रको कलंक, संविधानको कलंक । यो गठबन्ध्न झाडीमा जन्मिएको बच्चा जस्तो हो ।’ उनले पाँच दललाई बाँदरको संज्ञा दिए । उनले भने, ‘पशुपतिमा दर्शन गर्न जाँदा प्रसाद बाँदरले चोर्ला भनेर… पुरा पढौ

जनयुद्धले हुर्काएकी योद्धाको माछापुच्छ्रेमा उपाध्यक्षमा उम्मेदवारी

प्रविणा अधिकारी जनयुद्धताका हुर्केकी विद्यार्थी नेता हुन् । उनले माओवादी केन्द्रको तर्फबाट कास्कीको माछापुच्छ्रेमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । त्यति बेला कास्कीको माछापुच्छ्रे माओवादीको आधार इलाका थियो । लाहाचोकको उनको घर तत्कालीन माओवादी कार्यकर्ताको आश्रय स्थल थियो । थुप्रै कार्यकर्ताहरुको न्यानो र मायालु घर बनेको थियो उनको घर ।माक्र्सवाद र साम्यवादका थुप्रै छलफल हुने गर्थे उनको घरमा । उनी सानै थिइन् । सानै भए पनि जिज्ञासु थिइन् । नयाँहरु… पुरा पढौ

आइतबार पोखरामा गठबन्धनको चुनावी सभा

पोखरामा भोलि पाँचदलीय गठबन्धनले बृहद चुनावी आमसभा गर्ने भएको छ । पाँचदलीय गठबन्धनले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी भोलि आईतबार पोखराको अमरसिंहचौरमा बृहद चुनावी आमसभा गर्ने आयोजना गर्ने जानकारी दिइएको हो । सभाको सम्पूर्ण तयारी पूरा भएको आयोजक गठबन्धनले जनाएको छ । चुनावी आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । बृहद चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा… पुरा पढौ

गठबन्धनको वाचा: युवा व्यवसायीलाई १० लाखसम्म स्टार्ट अप लोन

पोखरा महानगरपालिकामा ५ दलीय गठबन्धनका साझा उम्मेदवारले महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले चुनावी घोषणापत्रमा दक्ष जनशक्तिलाई स्थानीयस्तरमा परिचालन गर्नका लागि महानगर स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने जनाएका हुन् । यस्तै स्थानीय स्रोत साधनको अधिकतम परिचालन गरि रोजगारीका अवसर सिर्जना गर्ने उनीहरुको योजना छ । आफूहरु निर्वाचित भएमा मानव संसाधन विकाश केन्द्र स्थापना गर्ने उनीहरुले जनाएका… पुरा पढौ

अनुभवी र सफल उम्मेवारको जित पक्का छः अधिकारी

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई अत्यधिक मतका साथ जिताउन आग्रह गरेका छन् । एमाले पोखरा ३१ ले शुक्रबार बेगनासताल मोहोरीयामा मेयर र उपमेयरका उम्मेदवार परिचयसहित आयोजना गरेको आमसभामा अधिकारीले देशको समृद्धि र विकासका लागि नेकपा एमालेको विकल्प नभएको दाबी गरे । उनले एमालेले यस पटक अनुभवी र सफल व्यक्तित्व कृष्ण थापालाई मेयर र देशकै सफल उपमेयर मञ्जुदेवी गुरुङलाई उपमेयरको… पुरा पढौ

पोखरा ३ मा एजेन्डासहित मत माग्दै प्रकाश

पोखरा ३ मा विभिन्न पार्टीका उम्मेदवार मत माग्न घरदैलोमा छन् । कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका प्रकाशमान उदास आफ्नो समूहसहित मतदाताको घरदैलोमा छन् । उदासले सुशासन र पारदर्शिता, दिगो विकास, प्रविधिमैत्री सेवा, युवा, खेलकुद, रोजगारी, संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य आदि क्षेत्रको विकास आफ्ना एजेन्डा भएको बताए । उनले वडाको फोहोरमैला व्यवस्थापन, महिला सशक्तीकरण, खानेपानी तथा ढल निकास, कला, साहित्यको विकास जस्ता विषय पनि आफ्नो टिमको प्राथमिकतामा रहेको मतदातालाई बताएका छन् ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं