Author Archive

काँग्रेस एमाले गठबन्धनलाई हराउँदै माओवादी विजयी

भोजपुरको आमचोक गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका संयूक्त उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै निर्वाचित भएका छन्। माओवादी केन्द्र विरुद्ध गठबन्धन गरेका काँग्रेस र एमालेका दुबै उम्मेदवार पराजित भएका छन्। माओवादीका अध्यक्षका उम्मेदवार अशोक राईले ३६८६ मत ल्याएर विजयी भएका छन् भने गठबन्धनका संयूक्त उम्मेदवार एमालेका वसन्त राईले ३२५८ मत ल्याएर पराजित भएका छन्। काँग्रेस एमालेका संयुक्त उम्मेदवार वसन्तलाई माओवादीका अशोकले ४२८ फराकिलो मत अन्तरले पराजित… पुरा पढौ

वडाध्यक्षमा १ मतान्तरले स्वतन्त्र उम्मेदवार विजयी

महोत्तरीको बर्दिबास नगरपालिकाको एउटा वडामा रोचक परिणाम आएको छ । वडा नम्बर १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादव १ मतको मतान्तरले विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार सुरेन्द्र सिंह कोइरीलाई पराजित गरेका हुन् । निर्वाचित यादवले ७२७ मत ल्याएका छन् भने उनको निकटम प्रतिस्पर्धी माओवादीका कोइरीले ७२६ मत पाएका थिए । पुरा पढौ

एमाले सचिव पद्मा अर्यालका पति वडा सदस्यमा पराजित

नेकपा एमालेकी सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार बनेका थिए । उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् । ‘चुनाबमा गएपछि हार–जित भैहाल्छ । जितेको अवस्थामा जनताकै काम गर्ने हो,’ पराजित भएपछि पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो । सबै साथीहरु धैर्य बनौं ।’… पुरा पढौ

नवलपुरको बौदीकालीमा एमाले विजयी

नवलपुरको बौदीकाली गाउँपालिकामा एमालेका प्रकाश ओझा विजयी भएका छन्। ओझाले ३ हजार ९७६ मत प्राप्त गर्दा कांग्रेसका खडक बहादुर रानाले ३ हजार ५४९ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकी डिल कुमारी केसी निर्वाचित भएकी छन्। उनले ३ हजार ९६२ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी धन कान्ती घिमिरेले ३ हजार ५०६ मत प्राप्त गरिन्। वडा नं ४ र ६ मा नेपाली कांग्रेस विजयी भएको छ भने बाँकीमा एमाले विजयी भएको निर्वाचन… पुरा पढौ

बागलुङको ताराखोलामा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस

बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धनले जितेको छ । अध्यक्षमा गठबन्धनबाट माओवादीका धनबहादुर विक २२८५ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोका ३४०३ मतले विजयी भएका छन् । अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती २०९० मतले दोस्रो हुँदा उपाध्यक्षमा एमालेकी थममाया घर्तीले १५६१ मत प्राप्त गरेकी छन् । पुरा पढौ

देउवाकै वडामा कांग्रेस पराजित

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी ९करुवा चुनाव चिन्ह० का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ६७३ मत ल्याए । कांग्रेस उम्मेदवारले ५४४ मत ल्याए । पुरा पढौ

एमाले,कांग्रेस र समाजवादीको गठबन्धनलाई हराउँदै माओवादी विजयी

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ । एमाले, कांग्रेस र समाजवादीको गठबन्धनलाई पराजित गर्दै माओवादीका नारासिं रोकाय विजयी बनेका हुन् । उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहरा निर्वाचित भइन् ।रोकायले ७ सय ७० मत ल्याएका छन् भने गठबन्धन तर्फका एमालेका उम्मेदवार हेमबहादुर महताराले ७ सय ४६ मत ल्याए । उपाध्यक्षमा निर्वाचित बोहराले ७ सय ५९ मत ल्याउँदा एमालेकी चन्द्रावती थापाले ७ सय ४९ मत ल्याइन् । ६ वडा रहेको यस… पुरा पढौ

२ मतले एमालेलाई हराउँदै अध्यक्ष बने कांग्रेसका मोहनसिंह

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गर्दै लालचन अध्यक्ष निर्वाचित भएका हुन्। लालचनले ७६० मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाएका छन्। गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी जमुना थापा मगर विजयी भएकी छन्। उपाध्यक्षमा निर्वाचित मगरले ६९३ मत ल्याइन्। उनकी प्रतिस्पर्धी नेकपा एमालेकी मीमकुमारी शेरचनले ६१८ मत पाइन्। घरपझोङ गाउँपालिका २०७४ सालको चुनावमा अध्यक्ष… पुरा पढौ

मनाङ ङिस्याङमा एमालेको जित

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । कान्छा घले ८ सय ६१ मत ल्याएर गाउँपालिका अध्यक्ष चुनिएका हुन् ।प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङले ७ सय १३ मत ल्याएका छन् । कान्छा यसअघि पनि अध्यक्ष थिए । उपाध्यक्षमा एमाले समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७ सय ४४ मत ल्याएर विजयी भएका छन् । कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याएका छन् । पुरा पढौ

मनाङको नार्पाभूमि अध्यक्षमा काँग्रेसका कोन्जो तेन्जिङ विजयी

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जितको खाता खोलेको छ । निर्वाचनको मतगणनाअनुसार मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् । उनी १ सय ५८ मत ल्याएर विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १ सय ११ मत ल्याएर पराजित भए । यस्तै उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भइसकेका थिए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं