बागलुङको ताराखोलामा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस

बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धनले जितेको छ । अध्यक्षमा गठबन्धनबाट माओवादीका धनबहादुर विक २२८५ मतसहित विजयी भएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोका ३४०३ मतले विजयी भएका छन् । अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती २०९० मतले दोस्रो हुँदा उपाध्यक्षमा एमालेकी थममाया घर्तीले १५६१ मत प्राप्त गरेकी छन् ।