नवलपुरको बौदीकाली गाउँपालिकामा एमालेका प्रकाश ओझा विजयी भएका छन्।
ओझाले ३ हजार ९७६ मत प्राप्त गर्दा कांग्रेसका खडक बहादुर रानाले ३ हजार ५४९ मत प्राप्त गरे।
उपाध्यक्षमा एमालेकी डिल कुमारी केसी निर्वाचित भएकी छन्। उनले ३ हजार ९६२ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी धन कान्ती घिमिरेले ३ हजार ५०६ मत प्राप्त गरिन्।
वडा नं ४ र ६ मा नेपाली कांग्रेस विजयी भएको छ भने बाँकीमा एमाले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुखमा नै जित हासिल गरेको थियो।




