२ मतले एमालेलाई हराउँदै अध्यक्ष बने कांग्रेसका मोहनसिंह

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्।

नेकपा एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गर्दै लालचन अध्यक्ष निर्वाचित भएका हुन्।

लालचनले ७६० मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाएका छन्।

गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी जमुना थापा मगर विजयी भएकी छन्। उपाध्यक्षमा निर्वाचित मगरले ६९३ मत ल्याइन्। उनकी प्रतिस्पर्धी नेकपा एमालेकी मीमकुमारी शेरचनले ६१८ मत पाइन्।

घरपझोङ गाउँपालिका २०७४ सालको चुनावमा अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो।