मनाङ ङिस्याङमा एमालेको जित

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

कान्छा घले ८ सय ६१ मत ल्याएर गाउँपालिका अध्यक्ष चुनिएका हुन् ।प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङले ७ सय १३ मत ल्याएका छन् । कान्छा यसअघि पनि अध्यक्ष थिए ।

उपाध्यक्षमा एमाले समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७ सय ४४ मत ल्याएर विजयी भएका छन् । कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याएका छन् ।