Author Archive

पोखरा म्याराथनका सबै इभेन्टमा चिप्स

आगामी फागुन ५ गते शनिबार हुने १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सबैजसो इभेन्टमा चिप्सको प्रयोग गरिने भएको छ । नेपालकै सर्वाधिक पुरस्कार भएको म्याराथनको यो सस्करणमा ४१ इभेन्टका विजेतालाई १८ लाख १६ हजार नगद पुरस्कार प्रदान गरिनेछ । मनोरञ्जनका लागि सबै दौडिन मिल्ने ‘रन फर फन’ र अपाङ्ग दौडबाहेक सबै इभेन्टमा चिप्सको प्रयोग हुने, रन फर फनमा १० हजार हाराहारीमा सहभागी हुने नेपाल भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ… पुरा पढौ

कविता: परिचय

यसैगरी हराउँदै जान्छ पहिचानलोप हुँदै जान्छ नामजसरी भयो त्यो विशाल काया गरेकोचट्टानजस्तो हिउँकोमात्रै सूर्य किरणको कोमल स्पर्शलेऊ तरल बन्योआफ्नो सर्वत्र गुमायोउसको सरलताले उसलाईतरलताको चोलो भिर्न विवश गरायोठोस पहिचान गुमाएरअहिले तरल भएको हिउँबग्दै गएको छ समतलतिरदुनियाँको फोहोर आफ्नो छातीमा बोकेरऊ बगेको बगै छपुनः सूर्यकै स्पर्शमा बतासिएर उड्नवाष्प भई शून्यमा विलीन हुनआकाशमा बरफको डल्लो बनेको हिउँकोपरिचयको खाता पल्टिँदाउसलाई केवल शूून्यमात्र हात लाग्छ । पुरा पढौ

पोखरा मोबाइल व्यवसायीको शिविर र रक्तदान

पोखरा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको २३ औँ स्थापना दिवसमा भएको शिविरमा एक सय दुई जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा एक सय दुई जनाको सित्तैमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको थियो । सोही अवसरमा भएको रक्तदानमा ४१ प्रिन्ट रगत संकलन भएको छ । रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । गण्डकी… पुरा पढौ

माधवलाई पुरस्कार, मीना र हुमलाई सम्मान

प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने गरिने प्रेस चौतारीले जनाएको छ । प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पूर्वअध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य… पुरा पढौ

लेकसाइड, खहरेमा लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

पोखरा ६ लेकसाइडमा लिफ्टबाट खसेर एक जनाको मृत्यु भएको छ । मङ्गलबार दिउँसो १ बजेतिर लिफ्टबाट खसेर ३७ वर्षीय प्रविण भट्टराईको मृत्यु भएको हो । खहरेचोकमा रहेको चिनिमाया भण्डारीको निर्माणाधीन घरमा तातोपानीको सर्बे गर्ने क्रममा ५ औँ तलाको लिफ्टबाट अचानक खस्दा पोखरा–८, रत्नचोक बस्ने भट्टराई गम्भीर घाइते बनेका थिए । मुक्ति इनर्जी प्रालिका इन्जिनियरसमेत भट्टराईलई उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याइएकोमा उपचारका क्रममा दिउँसो साढे २ बजे निधन भएको कास्कीका… पुरा पढौ

सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्ष काठमाडौंको सहकारी ठगीमा

सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल सहितका ११ जनाविरुद्ध सहकारी ठगीको आरोपमा मुद्दा दायर भएको छ। काठमाडौंको पुतलीसडकमा रहेको नाता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको ७२ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो। ११ जनामध्ये अहिलेसम्म २ जना मात्रै पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा दोलखाको कालिन्चोक गाउँपालिका–५ घर भएका सहकारीका तत्कालीन सचिव ३७ वर्षीय कुमार खड्का र सिन्धुलीको तीनपाटन गाउँपालिका–६ घर… पुरा पढौ

सरुभक्तलाई र आरब्धलाई मुक्तक पुरस्कार

यस वर्षको ‘भीमदर्शन मुक्तक पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको छ । नेपाल मुक्तक प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कारको राशि नगद ५१ हजार र सम्मानपत्र छ । पाँच दशकदेखि साधनारत साहित्यकार सुरुभक्तका पाँच मुक्तक कृति प्रकाशित छन् । सरुभक्त नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानक पूर्वकुलपति हुन् । यही माघ १८ गते मुक्तक दिवसको अवसरमा पोखरामा हुने कार्यक्रममा सरुभक्तलाई सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले बताए ।… पुरा पढौ

पोखरा २२ मा वाइसिएल र अनेरास्ववियु क्रान्तिकारीको भेला

पोखरा २२ मा योङ्ग कम्युनिस्ट लिग एबम अनेरास्ववियु क्रान्तिकारीको भेला भएको छ । भेलाबाट सुदीप बरालको अध्यक्षतामा अनेरास्ववियु क्रान्तिकारी २२ र सनतकुमार बरालको नेतृत्वमा वाइसियल पोखरा २२ कमिटी गठन भएका छन् । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामजीप्रसाद बराल (जीवन)ले हरेक परिवर्तनमा युवाको भूमिका अहम् रहेको चर्चा गर्दै युवाहरु संगठित, समतामूलक समाज निर्माणका लागि प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । वाइसियल पोखरा २२ अध्यक्ष हेमराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा सुदीप बराल… पुरा पढौ

जिबी, भूपेन्द्र र थानबहादुरविरुद्ध डिफ्युजन नोटिस

सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखरा ४ का अध्यक्षसहित तीन जनाबिरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई र जिबीका दाजु भूपेन्द्र राईविरुद्ध नोटिस जारी भएको हो । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नोटिस जारी गरेको हो । सूर्यदर्शनको सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना एवं ठगी गरेको अभियोग छ । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले… पुरा पढौ

नदेखिएका घाउ’ लिएर आइन् दुर्गा

साहित्यकार दुर्गा न्यौपानेको आत्मकथा ‘नदेखिएका घाउ’ शनिबार सार्वजनिक भएको छ । कस्केली अधिकृत समाजले पोखरामा आयोजना गरेको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृति लोकार्पण गरे । दुर्गा कस्केली अधिकृत समाजकी आजीवन सदस्यसमेत हुन् । कार्यक्रममा साहित्यकार सरुभक्तले आत्मकथाको महत्व साहित्यमा मात्र नभई समाजमा पनि उत्तिकै हुने जनाए । ‘आत्मकथामा साहित्यिक तथा सामाजिक मूल्यसमेत हुन्छ,’ उनले भने । साहित्यकार न्यौपानेले जीवनका भोगाई र अनुभवलाई कृतिमा समेट्ने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं