जीवनका विभिन्न परिवेशबाट हृदयमा भरिएका अभिज्ञता,उकुस-मुकुस अनुभूतिहरूले कविमन जब पिरोलिन लाग्छ,उर्लिएर आएका शब्दहरूले पोखिने बाटो खोजि हिँड्छन अनि काव्यकारका सृजनशील कलमबाट तिनै शब्दहरूले काव्यिकताको सुन्दर रूप लिदै कवितामा मूर्तमान हुन्छन ।जीवनका घात-प्रतिघात,आनन्द-विषाद,दु:ख-कष्ट,व्यर्थता आदिले धेरैजसो कविमनहरूलाई सरल र संवेदनशील बनाएको हुन्छ।साधारण पाठक का मनमुटु हरूले कविता भित्र आफुलाई अनुभूत गर्ने गरि अनुपमप्रकाशभङ्गीमा'अन्तिम' बाटै शुरु भएको कविता संग्रह"थोपोरमरूभूमि"एक सफल कवि, कथाकार,निबन्धकार,समालोचक साथै साहित्यमा रुचि लिने नयाँपिँढीलाई तत्काल सहयोग गर्न हरदम् तयार रहने…
पुरा पढौ