गीतः जमिनमा हिड्नेलाई…

जमीनमा हिँड्नेलाई खस्ने डर हुन्न
आकाशमा जो उड्छ बरु उसकै भर हुन्न

चन्द्र टेक्ने मान्छे पनि पृथ्वीमै फर्क्यो
हिमाल चढ्ने मान्छे पनि फेदीमा नै ओर्ल्यो
चारो खोज्दै रुख बस्ने पंक्षी भुईं झर्यो
उचाइको रवाफ किन देखाउनु पर्यो ?

बाटो भिन्न भएपनि गन्तव्य हो त्यही
कि त चिता कि त कफीन छैन अरु केही
माटोमाथि फक्रेको फूल माटोमा नै झर्यो
सुन्दरताको रवाफ किन देखाउनु पर्यो ?