Uncategorized

कृष्ण न्यौपानेलाई बन्दीपुर केवलकार पर्यटन पुरस्कार

पत्रकार कृष्ण न्यौपाने बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । न्यौपाने राष्ट्रिय समाचार समिति र समाधान दैनिकमा आवद्ध छन् । बन्दीपुर केवलकार प्रालिद्वारा स्थापित यो पुरस्कार शनिबार कम्पनीको ५ औं साधारणसभामा अर्पण गरिएको हो । बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिं थापा, कम्पनीका अध्यक्ष रामचन्द्र शर्मा, नेपाल भ्रमण वर्ष २०२० का प्रदेश संयोजक जुद्ध गुरुङ लगायतले पत्रकार न्यौपानेलाई सम्मानपत्र, १ लाखको कम्पनीको सेयर प्रमाणपत्र र दोसल्लासहित सम्मान गरेका… पुरा पढौ

माटोखानीमा पुरिएर सासु–बुहारीको मृत्यु

माटो खानीमा पुरिएर जुम्लामा सासू बुहारीको मृत्यु भएको छ । घर पोत्ने रातो माटो ल्याउन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरकी सासू बुहारी खानीमा पुरिएर मृत्यु भएको हो ।  उनका अनुसार सँगै माटो खन्न गएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन् । माटो खन्ने क्रममा खानी भासिएको थियो ।  पुरा पढौ

पोखरा दिउँसै अँध्यारो

पोखरामा आज आइतबार १ बजे दिउसो पनि चिसो छ । हिजो शनिबार र अस्ति शुक्रबार मज्जाले घाम लागेको पोखरामा आज आइतबार भने पानी पर्ने संकेत गरिरहेको छ । चिसो बताास चलिरहेको छ । पोखरा आसपासका डाँडाँहरू तुवाँलोले छेकेको छ । पानी परिहाल्ला जस्तै गरि कालोनीलो भएको छ । पुरा पढौ

मापसे गरेर आफ्नै श्रीमतीको हत्या

रुपन्देहीमा आफ्नै श्रीमतीलाई हथौडाले हानेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। मंगलबार राति मादक पदार्थ सेवन गरेर श्रीमतीलाई हथौडाले हानेर हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीको सियारी गाउँपालिका–३ का ३० वर्षीय सनी कुमाललाई पक्राउ गरेको हो। मापसे सेवन गरेका कुमालले सामान्य धरयासी विवादमा ३० वर्षीया श्रीमती कान्छी सुवेदी कुमालको हथौडाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रक्राउ परेका कुमाललार्इ हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको… पुरा पढौ

एसपी मल्ललाई १२ घण्टा भित्र चितवन छोड्न निर्देशन

नम्बर ३ प्रहरी कार्यालयले चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र बुझबुझारथ गर्दै जिल्ला छाड्न निर्देशन दिएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्ववडीगार्ड समेत रहेका मल्ल सरुवा भएको १३ दिनसम्म जिल्ला नछाडेपछि प्रहरी उपरीक्षक अरूण पौडेलले १२ घण्टाभित्र रमना लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा हाजिर हुन पत्राचार गरेर निर्देशन दिएका हुन् । प्रहरी प्रधान कार्यालयले गत पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरूवा गरेको थियो… पुरा पढौ

नेकपाद्धारा उपचुनावमा अन्तर्घात गर्ने १३ जनालाई कार्वाही, को-को परे ?

नेकपा दाङले घोराही–१६ मा स्थानीय तहको चुनावमा अन्तरघात गरेको भन्दै पार्टीका नेता, कार्यकर्ताहरुलाई कारवाहीको सिफारिस गरेको छ ।  नेकपा घोराही–१६ को वडा कमिटिले वडाबाट पार्टीको घोराही उपमहानगर कमिटिमा १३ जनालाई वडाअध्यक्षको चुनावी अभियानकाक्रममा पार्टीका कार्यक्रममा संलग्न नभएको भन्दै कारवाहीको सिफारिस गरेको हो ।  पार्टीको हालै सम्पन्न समिक्षासहितको वडा कमिटिको बैठकले नगरसदस्य लालमति बुढा, भान सिंह बुढा, खलु पुनसहित १३ जनालाई पार्टीको चुनावी अभियानमा संलग्न नभएको र पार्टीको आधिकारीक उम्मेद्वारलाई असहयोग… पुरा पढौ

जलवायु परिवर्तन रोक्न विश्वसमुदाय एक हुनुपर्छ : प्रचण्ड

चितवनको सौराहामा अन्तरदेशीय भूपरिधि संरक्षण कार्यक्रम शुरु भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार बिहान सो कार्यक्रमको उद्घाटन गरे । अध्यक्ष दाहालले संरक्षणमा लाग्न सबैलाई आह्वान गर्दै आफू पनि वातावरण संरक्षणको विद्यार्थी भएकोले संरक्षणका क्षेत्रमा अघि बढ्न प्रतिबद्ध रहेको बताए । अध्यक्ष दाहालले विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई रोक्न विश्वसमुदाय एक हुनुपर्नेमा जोड दिए ।  अन्तरराष्ट्रिय संस्था आइसीआइएमओडीको आयोजनामा शुरु भएको कार्यक्रम… पुरा पढौ

जम्मू-कश्मीरमा गोलीबारी, सैन्य अधिकृतसहित दुईको मृत्यु

भारतको जम्मू–कश्मीरमा पाकिस्तानी सेनाले गोलीबारी गर्दा भारतीय सेनाका अधिकृतको ज्यान गएको छ । गोलीबारीमा एक महिलाको समेत ज्यान गएको छ ।  उरी क्षेत्र निकट नियन्त्रण रेखामा पाकिस्तानी सेनाले गोलीबारी गरेको हो । बुधबार बिहानदेखि गोलीबारी भएको थियो । जवाफमा भारतीय सेनाले पनि कार्वाही थालेको जनाएको छ ।  गत आइतबार पनि कश्मीरको नौशेरा क्षेत्रमा नियन्त्रण रेखामा पाकिस्तानले गोलीबारी गरेको थियो ।  बुधबार मृत्यु हुने महिलामा २२ वर्षीया नसिमा बेगम भएको भारतीय… पुरा पढौ

भ्रमण वर्ष प्रचार गर्दै व्यवसायिक यात्रा

३ तहका सरकार बनेपछि सुखी नेपाली, समृद्ध नेपालको नारा अघि सारिएको छ । नेपालले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भिजिट नेपाल २०२० मनाउँदै छ । भ्रमण वर्ष सुरुआतको संघारमा प्रचारप्रचारका विभिन्न रणनीति बनिरहेका छन् । सरकारी तवरबाट भिजिट नेपाल सुरु हुनै लाग्दा निजी क्षेत्रले पनि विभिन्न प्रयास थालिएका छन् । गत कात्तिकमा तिलोत्तमा नगरपालिका रुपन्देहीमा स्थापना भएको लिडास फेसन निटवेयर प्रालिले भ्रमण वर्ष प्रचारसँगै व्यावसायिक यात्रामा सिर्जनात्मक सुरुआत गरेको… पुरा पढौ

हिमपातलाई च्यालेन्ज दिंदै सरकारको विरोध

 हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा नेपाली कांग्रेसल शक्ति प्रदर्शन गरेको छ । जिल्ला सदरमुकाम सिमकोटमा जताततै सेताम्मे छ । यति हुँदा हुँदै पनि हुम्ला काँग्रेसले वर्तमान सरकारले गरेका गतिविधिका विरूद्ध  विरोध सभा सहितको शक्ति प्रदर्शन गरेरै छोड्यो ।  यस्तो चिसो मौसममा काँग्रेसको प्रदर्शनलाई न त हिउँले रोक्यो न त चिसोले नै । मंगलबार दिउँसो साढे १२ बजे सिमकोटको काली चोकमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शनको र्याली सिमकोट… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं