Uncategorized

फुटबलमा ५ राष्ट्रबीच प्रतिस्पर्धा

२ दिनपछि सुरू हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त पुरुष फुटबलमा ५ राष्ट्रबीच प्रतिस्पर्धा हुने भएको छ । गत संस्करणको उपविजेता भारत र पाकिस्तानले सहभागी नहुने भएपछि पुरुष फुटबलमा ५ राष्ट्रबीच प्रतिस्पर्धा हुने भएको हो । राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आयोजक नेपालले १७ गते मंगलबार भुटानसँग खेल्दै यात्रा सुरू गर्नेछ । १८ गते श्रीलंकासँग खेल्ने नेपालले २० गते… पुरा पढौ

होमवर्क गर्नु छ

हेमराज सानोतिनो ठेक्कापट्टा मात्र होइन आफै मिस्त्री काम र जग्गा दलालीको पछि पनि लाग्ने गर्दथे । उनको छोरी सामुदायिक विद्यालयको पाँच कक्षा र छोरा निजी विद्यालयको सात कक्षामा पढ्दथे । हेमराजले आफ्नो छोरालाई राम्रो शिक्षा दिएर भविष्यमा सकेसम्म छात्रवृत्तिमा नत्र आफ्नो पैसा तिरेर भए पनि डक्टर पढाउने ठूलो धोको साँचेका थिए । छोराले डक्टर पढने बेलासम्म एक करोड खर्च लाग्ने अनुमान गरेका थिए । उनको खर्च पनि धेरै नै थियो… पुरा पढौ

अमरसिंहमा बन्यो स्मार्ट शौचालय

पोखरा १२ अमरसिंह चौरमा महानगरले स्मार्ट शौचालय बनाएको छ । यसअघि, समय समयमा सार्वजनिक सभा, सम्मेलन र मेलासमेत हुने अमरसिंह चौरमा शौचालय भने थिएन । पोखरा महानगरले अमरसिंह चोकमा स्मार्ट सेन्सर भएको शौचालय बनाएको छ । यसको शनिबार महानगर प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे । शौचालय करिब २६ लाखमा बनेको हो । शौचालय बालमैत्री, महिलामैत्री र अपांगमैत्री पनि छ । पोखरा महानगर, रोट¥याक्ट क्लब, लायन्स क्लब, अमरसिंह व्यापार, व्यवसाय समितिको… पुरा पढौ

अयोध्या विवाद : भारतभर तनाव, मोदीद्धारा शान्तिको अपिल

भारतको सर्वोच्च अदालतका ५ न्यायाधीशको संवैधानिक बेन्चले शनिबार अयोध्या विवादमा आफ्नो फैसला सुनाउनेछ ।  समाचार एजेन्सीहरुका अनुसार मुख्य न्यायाधिश रन्जन गोगोईको अध्यक्षतामा रहने बेन्चले भारतीय समय अनुसार विहान १०ः३० मा फैसला सुनाउन लागेको हो ।  यो मुद्दामा अगस्ट ६ देखि अक्टोबर १६ सम्म ४० दिनसम्म हिन्दू–मुसलमान पक्षधरले सुनुवाई गरेको थियो । त्यही सुनुवाईको आधारमा बेन्चको फैसला सुरक्षित राखिएको थियो । फैसलालाई मध्येनजर गरेर अयोध्याको सुरुक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ ।… पुरा पढौ

कांग्रेसका खेमराज पौडेलद्धारा उम्मेदवारी दर्ता

कास्की क्षेत्र नं. २ का लागि नेपाली कांग्रेस कास्कीका उम्मेदवार खेमराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । पोखराको सभागृहचोकबाट ठूलो संख्यामा नेता कार्यकर्तासहित र्याली आयोजना भइ निर्वाचन कार्यालय पुगेको थियो । पुरा पढौ

जापानलाई हराउँदै अविरलले कायम गरे नयाँ इतिहास

युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पारेका हुन् । युवा पुस्ताका चर्चित उदीयमान प्रतिभा घिमिरेले आफ्ना २८ वर्षीय प्रतिद्वन्द्वी ओयोलाई पहिलो राउन्डमा नै दुई मिनेट ३० सेकेन्डमा पराजित गरेका थिए । अन्तर्राष्ट्रियस्तरको सो प्रतियोगितामा जापान, नेपाललगायत अन्य देशका… पुरा पढौ

श्रीमतीले फुटाइदिएकी थिइन् महराको मोबाइल !

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउपछि मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रयोग गर्ने गरेको मोवाइल फोन घटनाबारे समाचार सार्वजनिक भएपछि उनकी श्रीमती सीता महराले फुटाइदिएको बयान दिएकी छन् । उनले मोवाइल फोनकै कारण घट्ना हुन गएको भन्दै आफू मोवाइल फुटाउने निर्णयमा पुगेको समेत सीताले बयानमा भनेकी छन् । सरकारी वकिलको कार्यालय मार्फत अदालतमा दायर अभियोगपत्रमा महराकी श्रीमती सिता महराले दिएको बयानमा ‘मिति २०७६ असोज १३ गते… पुरा पढौ

व्यवसायी साहविरुद्ध बाल यौनदुर्व्यवहार मुद्दा दर्ता

रौतहटको कटहरिया बजारका एक जना व्यवसायीविरुद्ध प्रहरीले बाल यौनदुर्व्यवहारको मुद्दा दर्ता गरेको छ । कटहरिया नगरपालिका–५ का ३५ वर्षीय लक्ष्मी साह सोनारमाथि यौन दुर्व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको हो । पीडितका बुवाले लिखित जाहेरी दिएपछि आरोपीलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरीएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक तुलसीराम अर्यालले बताएका छन । अदालत खुल्ना साथ अभियुक्त साहको म्याद थप गर्ने तयारीमा रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ… पुरा पढौ

समृद्ध नेपाल बनाउन सबै एकजुट बनौं : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २ ठूला छिमेकी देशबीच सम्बन्ध सुदृढ गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सफल भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहँुले बडादशैँ, तिहार, नेपाल संवत्, छठ, बकरइदलगायत चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपाले अंगिकार गरेको सन्तुलित परराष्ट्रनीतिले २ ठूला मुलुकबीच सुदृढ सम्बन्ध स्थापित भएको बताए । सदियौँदेखि अरुबाट हेपिएको अवस्थामा रहेको नेपालको अवस्था आज त्यस्तो नरहेको चर्चा गर्दै… पुरा पढौ

मुख्यमन्त्री शंकर पोखरेलको चर्को आलोचना

स्थानीय तहका जनप्रतिनिधिको तलबभत्ता रोक्न सर्वोच्च अदालतले दिएको आदेशप्रति आपत्ति जनाएका प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध सामाजिक संजालमा चर्को आलोचना गरिएको छ । शुक्रबार फेसबुक स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले सुविधा नलिई काम गर भन्ने कुरा उचित नभएको भन्दै आपत्ति जनाएपछि उनकै फेसबुक स्टाटसमा अधिकाँस कमेन्टहरु उनको भनाईप्रति बिमती जनाएका छन् । अधिकाँस कमेन्टहरुमा राजनीति पेशा नभई सेवा भएकोले तलव लिन नहुने बताएका छन् । मुख्यमन्त्री पोखरेलको भनाईमा कमेन्ट… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं