कास्की क्षेत्र नं. २ का लागि नेपाली कांग्रेस कास्कीका उम्मेदवार खेमराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
पोखराको सभागृहचोकबाट ठूलो संख्यामा नेता कार्यकर्तासहित र्याली आयोजना भइ निर्वाचन कार्यालय पुगेको थियो ।








