एसपी मल्ललाई १२ घण्टा भित्र चितवन छोड्न निर्देशन

नम्बर ३ प्रहरी कार्यालयले चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र बुझबुझारथ गर्दै जिल्ला छाड्न निर्देशन दिएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्ववडीगार्ड समेत रहेका मल्ल सरुवा भएको १३ दिनसम्म जिल्ला नछाडेपछि प्रहरी उपरीक्षक अरूण पौडेलले १२ घण्टाभित्र रमना लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा हाजिर हुन पत्राचार गरेर निर्देशन दिएका हुन् ।

प्रहरी प्रधान कार्यालयले गत पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरूवा गरेको थियो । एसपी मल्लको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र चितवनमा एसपी गंगा पन्तको सरूवा भएतापनि मल्लले चितवन छोडेका छैनन् ।

मल्ल सरूवा भएको ठाउँमा हाजिर भएको जानकारी प्रहरी महानिरीक्षकको कार्यालयमा पनि बोधार्थ पठाउन आग्रह गरेको छ।