हिमपातलाई च्यालेन्ज दिंदै सरकारको विरोध

 हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा नेपाली कांग्रेसल शक्ति प्रदर्शन गरेको छ । जिल्ला सदरमुकाम सिमकोटमा जताततै सेताम्मे छ ।

यति हुँदा हुँदै पनि हुम्ला काँग्रेसले वर्तमान सरकारले गरेका गतिविधिका विरूद्ध  विरोध सभा सहितको शक्ति प्रदर्शन गरेरै छोड्यो । 

यस्तो चिसो मौसममा काँग्रेसको प्रदर्शनलाई न त हिउँले रोक्यो न त चिसोले नै । मंगलबार दिउँसो साढे १२ बजे सिमकोटको काली चोकमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शनको र्याली सिमकोट बजार परिक्रमा गरी मानसरोवर बहुमुखी क्याम्पसको प्रांगणमा सभामा परिणत भएको थियो ।    
                              
दुई तिहाई बहुमतको प्रदेश र संघीय सरकारको चर्को आलोचना गरेको कांग्रेसले कार्यक्रम मार्फत् तीनै तहमा देखिएका सरकारका कमजोरीलाई सार्वजनिक गर्दै प्रहरी प्रशासन मात्र होईन न्याय क्षेत्र पनि नेकपाको इसारामा चलेको तथ्यलाई विरोध सभामा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले बताए ।      

जिल्लामा बढ्दो भ्रष्टाचार र अनियमिताविरुद्ध प्रहरी प्रशासन र कार्यालय प्रमुखहरुले समेत नेकपाको इसारामा चलेर जनतालाई विभेद गरिरहेको हुँदा त्यसको हुम्ली जनताले सशक्त प्रतिकार गर्ने  केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शाहीले बताए ।

जिल्लामा स्थानिय प्रशासन र सरकारी कार्यालय प्रमुखहरुबाट यस्तै ज्यादती हुँदै जाने हो भने नेपाली कांग्रेस र हुम्ली जनता त्यसको प्रतिकार गर्न तयार रहेको भन्दै चेतावनी दिदै मंगलबार हुम्लाको सदरमुकाम सिमकोटमा कांग्रेसले आयोजना गरेको विरोध सभामा बोल्दै कांग्रेसका नेताहरुले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘प्रहरी प्रशासन मात्र होइन न्याय क्षेत्र पनि नेकपाको इसारामा चल्न थालेपछि अब जनताले कसरी यस्ता व्यक्तिबाट सुशासन र न्यायको प्रत्याभुति गर्ने ?’, पूर्वमन्त्री शाहीले भने ।

जिल्लामा भइरहेका सबै खोले विकृति विसंगतिका विरुद्ध अब प्रदेश सभामा आवाज उठाउने कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका शाहीले बताए ।

अहिलेसम्म राष्ट्रिय सडक सञ्जालले नजोडिएको नेपालको एक मात्र जिल्लाका रुपमा चिनिएको हुम्लाका जनतालाई रेल पुर्याउने झुट्टा आस्वाशन भन्दा पनि गाडीको आवश्यकता रहेकाले सरकाले रेल ल्याउनेकुरा गरेर समय खर्च गर्नुको सट्टा हुम्ला जिल्लालाई छिटो भन्दा छिटो राष्ट्रिय सडक संजालसंग जोड्न तिर लाग्नु पर्ने नेता शाहीले बताए । 

नेपाली काँग्रेसले गरेको प्रदर्शनमा ६ सय काँग्रेस कार्यकर्ताको उपस्थिति रहेको बिरोध सभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाही, हुम्ला सभापति जयपति रोकाया, नेता मंगलबहादुर शाही र पूर्व सांसद रीता शाहीले सम्वोधन गरेका थिए ।