माटो खानीमा पुरिएर जुम्लामा सासू बुहारीको मृत्यु भएको छ ।
घर पोत्ने रातो माटो ल्याउन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरकी सासू बुहारी खानीमा पुरिएर मृत्यु भएको हो ।
उनका अनुसार सँगै माटो खन्न गएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन् । माटो खन्ने क्रममा खानी भासिएको थियो ।




