मापसे गरेर आफ्नै श्रीमतीको हत्या

रुपन्देहीमा आफ्नै श्रीमतीलाई हथौडाले हानेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

मंगलबार राति मादक पदार्थ सेवन गरेर श्रीमतीलाई हथौडाले हानेर हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीको सियारी गाउँपालिका–३ का ३० वर्षीय सनी कुमाललाई पक्राउ गरेको हो।

मापसे सेवन गरेका कुमालले सामान्य धरयासी विवादमा ३० वर्षीया श्रीमती कान्छी सुवेदी कुमालको हथौडाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रक्राउ परेका कुमाललार्इ हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।