ताजा समाचार

प्रविधि

आइफोन ११ आउँदै, कस्तो छ नयाँ आइफोन ?

एप्पलले आफ्नो नयाँ आईफोन सेप्टेम्बर महीनामा सार्वजनिक गर्ने भएको छ । एप्पलले आईफोन ११ का साथै नयाँ आईप्याड र नयाँ म्याकबुक सार्वजनिक गर्न लागेको हो । नयाँ आईप्याडमा १०.२ इन्चको डिस्प्ले स्क्रिन र म्याकबुकमा १६ इन्चको स्क्रिनको प्रयोग गरिनेछ ।  एप्पलका निकट विश्लेषकका अनुसार नयाँ आईफोन ११ मा एप्पल पेन्सिलको सपोर्ट पनि मिल्नेछ । यदि यसो भएको खण्डमा यो पेन्सिल सपोर्ट गर्ने पहिलो आईफोन हुनेछ । यसको सहयोगमा प्रयोगकर्ताले धेरै… पुरा पढौ

सेन्टिमेन्टस् खिच्दै सिरु

हे प्यारा शिशु यदि फेरि बन्न म सके बन्न थिएँ बालक केटाकेटी भनून्, बुझ्कड बूढा, मान्दिनँ केही धक शिशु अवस्था र बाल बयको आकर्षण महाकविले कवितामा यसरी लेखे । शिशु हुँदा बाआमाले तस्बिर खिचेर राखिदिएको भए हामी हेर्दै बाल्यकालसम्म पुग्थ्यौं । बालसुलभ क्रियाकलाप सम्झेर मुस्कुराउँथ्यौं । तर, धेरैलाई त्यसरी तस्बिर खिच्ने अवसर र प्रविधि प्राप्त भएन उ बेला । अहिले भने हात हातमै छ सबै प्रविधि । यही प्रविधिलाई उपयोग… पुरा पढौ

साह्रै स्वार्थी गुगल !

पछिल्लो केही दिनयता गुगलको चीनको व्यापार धेरै चर्चाको विषय बन्न पुगेको छ । यसै विषयमा केहीले गुगलले चिनियाँ सैन्य समुहसँग मिलेर काम गरिरहेको आरोप लगाएका छन् । साथै केहीले अमेरिकासँग गुगलमाथि अनुसन्धानको गर्न उनीहरुले आग्रह गरेका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो प्रशासनले त्यसका लागि उचित कदम चालिने बताएका छन् । अझै पनि गुगलको चीनको बजारमा के स्वार्थ छ भन्ने कुरा स्पष्ट हुन सकेको छैन । यहाँ चीनमा… पुरा पढौ

आँफैले आँफैलाई चिन्ने कहिले ?, संसारमा सुखी को छ ? (रोचक र मन छुने प्रसंगसहित)

आज विज्ञानले ठूलाठूला चमत्कार गरेको छ । वैज्ञानिकहरूले धेरै आश्चर्यजनक चीजहरूको निर्माण गरेका छन् । तर सबैभन्दा ठूलो चमत्कार मानिसले आफ्नो नक्कल उतार्न सकेको छैन । वैज्ञानिकहरूले चमेराको नक्कल गरेर राडर बनाए । पंक्षीहरूको नक्कल गरेर विमान बनाए, माछाको नक्कल गरेर भए पनि डुब्बी बनाए तर आजसम्म मनुष्यको नक्कल उतार्न सकेको छैन । कम्प्युटर, रोबर्ट आदि अनेकोैं चीज विज्ञान बनाइरहेको छ तर पनि मानवको पूर्ण नक्कल गर्न विज्ञान असमर्थ छ… पुरा पढौ

चन्द्रमामा पहिलो पटक महिला !

पहिलो पटक चन्द्रमामा मानिसले पाइला टेकेको ५० औं वर्षमा अमेरिकी स्पेस एजेन्सी नासाले पहिलोपटक महीलालाई चन्द्रमामा पठाउने योजनामा काम गरिरहेको बताएको छ । यो कार्यक्रमलाई आर्टेमिस नाम दिइएको छ । नासाका अनुसार अहिले अघि सारिएको योजना आगामी दिनमा मंगलको लागि पनि निकै महत्वपूर्ण हुनेछ । साथै यो चन्द्रमा मिशन अनुसारको अन्तरिक्ष यात्रीले अहिलेसम्म कोही पनि नपुगेको क्षेत्रको पनि पहिचान गर्नेछन् । साथै उनीहरुले चन्द्रमाको सतहमा पानी, बरफ र अन्य प्राकृतिक… पुरा पढौ

बीस लाख इञ्जिनीयरको सामूहिक बीमा

बीस हजार इञ्जिनीयरको एकै पटक सामूहिक दुर्घटना बीमा हुने भएको छ । जोखिमपूर्ण काममा खटिनुपर्ने भएकाले नेपाल इञ्जिनियर्स एशोसिएशनबाट आयोजना हुने ५७औँ इञ्जिनीयर दिवसका अवसरमा प्रतिव्यक्ति रु १० लाखका दरले दुर्घटना बीमा गर्न लागिएको हो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष प्रा डा त्रिरत्न बज्राचार्यले सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा इञ्जिनीयरको सामूहिक दुर्घटना बीमा गर्न लागिएको जानकारी दिनुभयो । बीमाङ्कबापतको पहिलो किस्ता रकम भने एशोसिएशन आफैँले उपलब्ध गराउने… पुरा पढौ

उपभोक्ताको ढाड सेक्ने गरी बढ्यो इन्टरनेटको मूल्य, कति बढ्यो ?

इन्टरनेट सेवा प्रदायकहरुले साउन १ गते बुधबारदेखि इन्टरनेट सेवाको मूल्य १३ प्रतिशतले बढाएका छन् । सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने अडान नछाडेपछि प्रदायकहरुले शुल्क पनि १३ प्रतिशतले नै बढाएका हुन् ।   गत वर्ष नै सरकारले नयाँ आर्थिक वर्ष सुरु भएसंगै १३ प्रतिशत सेवा शुल्क लिने बजेटमा उल्लेख गरेको थियो । सेवा प्रदायकहरुको संस्था आईएसपीएनले सरकारले सेवा शुल्क लिने भएपछि आफूहरु शुल्क बढाउन बाध्य भएको जनाएको छ । … पुरा पढौ

किन तिराइदैछ फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना

गोपनियताको बिषयमा आलोचित बन्दै आईरहेको सामाजिक सञ्जाल फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना तिराईने भएको छ । राजनीतिक स्वार्थका लागि प्रयोगकर्ताको व्यक्तिगत विवरण अवैध रुपमा प्रयोग गरिएको बारेमा भईरहेको अनुसन्धानको क्रममा फेसबुकलाई सो जरिवाना तिराईने निर्णय भएको हो । यस बिषयमा अनुसन्धान गरिरहेको एफटिसीले फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना तिराउनुपर्ने ठहर गरेको हो । एफटिसीले फेसबुकका ८ करोड ७० लाखभन्दा बढी प्रयोगकर्ताको जानकारी राजनीतिक परामर्शदाता क्याम्ब्रिज एनालिटिकाले अवैधरुपमा पाई… पुरा पढौ

अव पर्यटक सुरक्षा र समस्याहरु पर्यटक प्रहरी मोवाईल एपबाटै

सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी तीव्ररूपमा गरेसँगै नेपाल पर्यटन बोर्डले ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालनमा ल्याउन लागेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि एक हप्ता पछि सञ्चालन हुने गरी सो एप सञ्चालनमा ल्याउन लागेको हो । सो एपमा पर्यटक प्रहरी रहेको स्थान, पर्यटकले नेपालमा बस्दा गर्न हुने र गर्न नहुने काम, हटलाइन नम्बर,… पुरा पढौ

गूगल प्ले स्टोरमा २ हजारभन्दा बढी खतरनाक फेक एप

एक शोधका अनुसार गूगल प्ले स्टोरमा २ हजारभन्दा बढी फेक एप छन् । युनिभर्सिटी सिड्नी एन्ड सीएसआईआरओ डेटा ६१ को दुई वर्षको अध्ययनले प्ले स्टोरमा कतिपय प्रसिद्ध एपको फेक भर्जन रहेको देखाएको छ ।  टेम्पल रन, फ्री फ्लो र हिल क्लाइम्ब रेसिङजस्ता एपको फेक भर्जन पनि प्ले स्टोरमा पाइन्छ । यस शोधमा १२ लाख एपको अध्ययन गरिएको थियो । एपलाई चिन्न गाह्रो  यी एप वास्तविक एपसँग यति मिल्छन् कि, तिनीहरुलाई चिन्न… पुरा पढौ