प्रविधि

सोसाईटी अफ ईन्जिनियरीङ्ग कन्सल्टेन्सी को तालिम सम्पन्न

सोसाईटी अफ ईन्जिनियरीङ्ग कन्सल्टेन्सी (SECON) ले मिति २०७५ चैत्र २७ देखि ३० गते सम्मको सात दिने SAP- 2000 तालिम पोखरा ईन्जिनियरीङ्ग कलेज फिर्केमा पोखरा ईन्जिनियरीङ्ग कलेजका प्रिन्सिपल ई. श्री लेख बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । चैत्र ३० गते शनिवार सम्पन्न उक्त तालिममा सोसाईटी अफ ईन्जिनियरीङ्ग कन्सल्टेन्सी (SECON) का पूर्व अध्यक्ष ई.शुरेस प्रसाद श्रेष्ठ, नेपाल भ्यालुयर्स एसोसियसन पोखरा च्याप्टरका अध्यक्ष ई. राजेन्द्र प्रजूले तालिमको महत्वबारे प्रकाश पार्दे तालिममा… पुरा पढौ

चट्यांकबाट हुने क्षति न्यूनीकरण कसरी गर्ने ? (उपायहरु यहाँ हेरौं)

मौसममा आएको बदलीसंगै प्राकृतिक विपत्ति पनि निम्तिरहेको छ । चट्याङले धमाधम ज्यान लिइरहेको छ । सोमबार अछाम र रुकुममा गरी चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सावधानी नपनाएर समेत यो दुर्घटना बढ्दै गएको निकर्षमा राष्ट्रिय विपद् व्यवस्थापनले जनाइरहेको छ । निरन्तर चट्याङले ज्यान लिइरहँदा र अंगभंग गराइरहँदा सचेतना जगाउन आग्रह गरिएको छ । चट्याङले बर्सेनी नेपालमा करिब ८२ जनाको मृत्यु हुने गरेको… पुरा पढौ

५० वर्ष पुरानो शुक्रकीटबाट गर्भधारण

अस्ट्रेलियाका वैज्ञानिकहरूले झन्डै ५० वर्ष पुरानो शुक्रकीटद्वारा भेडामा सफल गर्भधारण गरेका छन् । सन् १९६८ मा चारवटा भेडाहरूबाट लिइएको वीर्यको स्याम्पललाई संसारकै सबैभन्दा पुरानो शुक्रकीटका रुपमा लिइएको छ । सो वीर्यलाई यतिका वर्षसम्म तरल नाइट्रोजनमा माइनस १९६ डिग्री तापक्रममा भण्डारण गरेर राखिएको थियो । सिड्नी विश्वविद्यालयका वैज्ञानिकहरूले उक्त स्याम्पललाई ५६ वटा स्त्री भेडाहरूमा प्रयोग गरेका थिए र तीमध्ये ३४ वटा भेडाहरूमा सफल गर्भधारण भएको थियो । गर्भधारणबाट जन्मिएका बच्चाहरूमा पनि… पुरा पढौ

अश्लिल कार्यक्रम सञ्चालक पक्राउ

युट्युबमा अश्लिल संवाद र दोहोरो अर्थ लाग्ने शब्द प्रयोग गरी कार्यक्रम उत्पादन र सञ्चालन गर्ने ३ जनालाई प्रहरीले पक्रेको छ । मस्ती टक टाइम नामको कार्यक्रम उत्पादक राजकुमार कुँवर, कार्यक्रम सञ्चालक लक्ष्मी मोक्तान र परी तामाङ पक्राउ परेका हुन् । उ नीहरुले फुलचोकी मिडिया हाउस प्रा‌लिको नामबाट कार्यक्रम सञ्चालन गर्थे । प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले पक्राउ परेकाहरुलाई साईबर अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भएको बताए । पुरा पढौ

नत्र फेसबुक र ट्वीटर नेपालमा बन्द

सरकारले सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दर्ता नभए सामाजिक सञ्जाल बन्द हुने बताए । संसदीय मामिला पत्रकार समाजले संसदमा विचाराधीन सूचना प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे छलफल गर्न आयोजना गरेको अन्तरक्रियामा मन्त्री बाँसकोटाले दर्ता नगरिएको सामाजिक सञ्जालबाट नगरिएका राष्ट्रिय स्वतन्त्रता र सामाजिक सुरक्षालाई चुनौती दिने काम भए कारबाही गरिने स्पष्ट गरे । उनले विधेयक सूचना प्रविधिलाई नियन्त्रणका लागि नभई… पुरा पढौ

क्यान इन्फोटेक सकियो

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित भायनेट क्यान इन्फोटेक–२०१९ सकिएको छ । फागुन २० गते सुरु भएको मेला शनिबार गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले समापन गरे । उनले समृद्धिका लागि प्रविधि र दक्ष जनशक्ति अपरिहार्य भएको बताए । दक्ष जनशक्ति विदेश पलायनलाई रोक्दै समृद्धि र रोजगारी हासिल गर्ने बाटोमा गण्डकी सरकार लागेको बताए । सर्वसाधारणलाई नयाँ प्रविधि र उत्पादनबारे बुझाउन मेला सफल भएको… पुरा पढौ

अष्ट्रियन नागरिक फ्रेडिटको अत्याधुनिक कार

अष्ट्रियन नागरिक फ्रेडिट सोवादा आफ्नो ६ पाङग्रे अत्याधुनिक कार चलाउदै शनिवार मुस्ताङको जोमसोम टुरिस्ट चेकपोष्टमा भेटिए । विश्व कारयात्रा गर्ने क्रममा उनी मुस्ताङ आईपुगेको उनले भेटमा बताए । उनी केहि वर्षअघि देखि त्यही ६ पाङ्ग्रे अष्ट्रियन कार चलाउदै विश्व भ्रमण गर्ने रफ्तारमा रहेछन् ।अनौठो प्रकारको अत्याधुनिक बसको मोडल जस्तो कार ।त्यही चलाउदै मुस्ताङ आएका उनी नेपाल आएको दुईसाता भएको बताउछन् ।उनको विश्वयात्रा एक्लै गर्ने गरेको र आफ्नो संम्पूर्ण रेकर्ड जिपिएसको… पुरा पढौ

प्रदेशस्तरीय टाइपिङमा तारादेवी प्रथम

प्रदेशस्तरीय टाइपिङ प्रतियोगिताको उपाधि कास्कीकी तारादेवी अधिकारीले जितेकी छन् । पोखरामा जारी क्यान इन्फोटेकमा आयोजित प्रतियोगितामा तनहुँका विकल श्रेष्ठ द्वितीय र नवलपुरका सागर भुसााल तृतीय भए । बिहीबारै भएको कास्की जिल्ला स्तरीय प्रतियोगितामा तारादेवी अधिकारी प्रथम, सोनिया पोखरेल द्वितीय र सुजन मजाकोटी तृतीय भए । क्यान कास्की अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्यान गण्डकी प्रदेश अध्यक्ष चिन्तामणि बास्तोला र क्यान कास्की सचिव विकास भुर्तेल निर्णायक थिए । कार्यक्रममा दीपकराज… पुरा पढौ

मूल्यभन्दा गुणस्तरमा ध्यान दिनुस् : कुँवर

पोखराको न्युरोडमा रहेको कस्मिक कम्प्युटिङ सोलुसन्स यस क्षेत्रको परिचित नाम हो । सोलुसन्सले हाइ रेन्जका कम्प्युटर, ल्यापटपसहित सूचना तथा प्रविधिका सामान बिक्री गर्दै आएको छ । कस्मिकले बिक्रीपछिको सेवालाई प्राथमिकता दिएकाले सेवाग्राहीको मन जितेको छ । पोखरामा आयोजित दसौं संस्करणको क्यान इन्फोटेकमा कस्मिकले एमएसआई ब्राण्डका नयाँ उत्पादन आरटिएक्स सिरिजका २०७०, २०८० ग्राफिक्स कार्ड, इन्टेल नाइन्थ जेनेरेसन कोर आइनाइन, टप सिरिजको प्रोसेसरयुक्त कम्प्युटर बिक्री तथा प्रदर्शनीमा आदि प्रदर्शनीमा राखेको छ ।… पुरा पढौ

क्यान इन्फोटेकमा रोबोर्ट स्पर्धा

क्यान इन्फोटेकमा पश्चिमाञ्ल इन्जिनियरीङ कलेजका विद्यार्थीले निर्माण गरेको ट्र्याकर रोबार्टबिच प्रतिस्पर्धा भएको छ । प्रतिश्पर्धामा निश्चल दाहाल, आकाश जैशी पौडेल र अजय केसीको समूहले निर्माण गरेको म्याजिक ह्विल नामक रोबर्ट प्रथम भएको छ भने द्धितिय सागर थापा र किसोर जिसीले निर्माण गरेको अननोन नामक रोबोर्ट भयो । कार्यक्रममा क्यान कास्की अध्यक्ष युवराज पौडेल, सहसचिव सेवक क्षितीज र रोबोटिक्स क्लबको तर्फबाट विजयन भट्टराईले बोलेका थिए । यो कार्यक्रम संयोजन सुरेश सापकोटाले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं