क्यान इन्फोटेकमा पश्चिमाञ्ल इन्जिनियरीङ कलेजका विद्यार्थीले निर्माण गरेको ट्र्याकर रोबार्टबिच प्रतिस्पर्धा भएको छ ।
प्रतिश्पर्धामा निश्चल दाहाल, आकाश जैशी पौडेल र अजय केसीको समूहले निर्माण गरेको म्याजिक ह्विल नामक रोबर्ट प्रथम भएको छ भने द्धितिय सागर थापा र किसोर जिसीले निर्माण गरेको अननोन नामक रोबोर्ट भयो ।
कार्यक्रममा क्यान कास्की अध्यक्ष युवराज पौडेल, सहसचिव सेवक क्षितीज र रोबोटिक्स क्लबको तर्फबाट विजयन भट्टराईले बोलेका थिए । यो कार्यक्रम संयोजन सुरेश सापकोटाले गरेका हुन् ।




