अश्लिल कार्यक्रम सञ्चालक पक्राउ

युट्युबमा अश्लिल संवाद र दोहोरो अर्थ लाग्ने शब्द प्रयोग गरी कार्यक्रम उत्पादन र सञ्चालन गर्ने ३ जनालाई प्रहरीले पक्रेको छ । मस्ती टक टाइम नामको कार्यक्रम उत्पादक राजकुमार कुँवर, कार्यक्रम सञ्चालक लक्ष्मी मोक्तान र परी तामाङ पक्राउ परेका हुन् । उ

नीहरुले फुलचोकी मिडिया हाउस प्रा‌लिको नामबाट कार्यक्रम सञ्चालन गर्थे । प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले पक्राउ परेकाहरुलाई साईबर अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भएको बताए ।