फागुन २१ गते २०७५

ताजा समाचार

फागुन २१ गते २०७५

मूल्यभन्दा गुणस्तरमा ध्यान दिनुस् : कुँवर



पोखराको न्युरोडमा रहेको कस्मिक कम्प्युटिङ सोलुसन्स यस क्षेत्रको परिचित नाम हो । सोलुसन्सले हाइ रेन्जका कम्प्युटर, ल्यापटपसहित सूचना तथा प्रविधिका सामान बिक्री गर्दै आएको छ । कस्मिकले बिक्रीपछिको सेवालाई प्राथमिकता दिएकाले सेवाग्राहीको मन जितेको छ । पोखरामा आयोजित दसौं संस्करणको क्यान इन्फोटेकमा कस्मिकले एमएसआई ब्राण्डका नयाँ उत्पादन आरटिएक्स सिरिजका २०७०, २०८० ग्राफिक्स कार्ड, इन्टेल नाइन्थ जेनेरेसन कोर आइनाइन, टप सिरिजको प्रोसेसरयुक्त कम्प्युटर बिक्री तथा प्रदर्शनीमा आदि प्रदर्शनीमा राखेको छ ।

फागुन २० देखि २५ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलामा विशेष छुटसमेत दिइने यसका सञ्चालक पुरुषोत्तम कुँवर बताउँछन् । मेलामा डिजाइनर तथा फोटोग्राफरका लागि आवश्यक मोनिटर, बेना बेन्क्यु कम्पनीको फोरके रिजोलुसनयुक्त प्रोजेक्टर, मोनिटर, अडाटा कम्पनीका एसएसडी एक्स्टर्नल र इन्टर्नल हार्डड्राइभ, टिम ग्रुपको ओर्जि्नियल पेनड्राइभ, व्यावसायिक प्रयोजनका लागि हाइरेन्जका कम्प्युटर तथा ल्यापटप पनि कस्मिकले प्रदर्शनी तथा बिक्रीमा राखेको छ ।

१२ वर्षदेखि यो व्यवसायमा आवद्ध कुँवरले ५÷६ वर्ष प्राइभेट अर्गनाइजेसनमा काम पनि गरे । ६ वर्षदेखि पोखराको न्युरोडमा स्थापना भएको कस्मिक कम्प्युटिङ सलुसन्स अहिले लोकप्रिय बनिसकेको छ । पोखरामा हाइ रेन्जको कम्प्युटर तथा ल्यापटप चलाउन चाहनेको संख्या धेरै छ । कस्मिक स्थापना हुनुभन्दा अगाडि पोखरामा हाइरेन्जको कम्प्युटर ल्यापटपका लागि काठमाडौंमा निर्भर हुने पथ्र्याे । उनी भन्छन्, ‘तपाईं राम्रो ग्राफिक डिजाइनर, मुभी इडिटर हो, भिडियोमा खेल्न चाहनुहुन्छ, राम्रो प्रोजेक्ट बनाउनुहुन्छ, फिल्म मेकर हो, डकुमेन्ट्री बनाउनुहुन्छ, एनिमेसनको राम्रो विद्यार्थी हो भने तपाईंलाई चाहिने कम्प्युटरमा बजारमा पाइने सस्तो कम्प्युटर फरक हुन्छ । त्यही ग्यापलाई पुरा गर्नका लागि हामी बजारमा उपस्थित भएका हौं ।”

कस्मिकले प्रोफेसनल, हाइरेन्ज र भ्यालुएडेड सिरिज उपलब्ध गराइरहेको छ । व्यावसायिक प्रतिष्ठानको आवश्यकता अनुसारका कम्प्युटर, ल्यापटप कस्मिकले उपलब्ध गराइरहेको छ । कस्मिक ताइवानको एमएसआइको आधिकारिक डिलर हो । यससँगै कस्मिकले विश्वप्रसिद्ध अन्य ब्राण्ड पनि राखेको छ । उनी भन्छन्, ‘धेरै काम गर्छौं, तर फोकस हाइरेन्जको कम्प्युटर नै हो । कस्मिकले अफिस अटोमेसन तथा डिनाइन पनि गर्छ, कस्तो कम्प्युटर चाहिन्छ, कुन प्रिन्टर प्रयोग गर्ने, नेटवर्किङ कस्तो हुन्छ, कस्तो नेटवर्क चलाउने, क्यामरा कसरी राख्ने लगायतका विषयमा पनि यसले सल्लाह दिन्छ । कुरा हामी आवश्यकता अनुसार सिकाउछौं । देशका विभिन्न स्थानमा सामान पुग्छन् ।’

व्यवसाय राम्रो बनाउन सञ्चालक कुँवर ग्राहकलाई मूल्यमा भन्दा गुणस्तरमा ध्यान दिन सुझाउँछन् । बिक्रीपछिको सेवाग्राहीलाई आवश्यक सेवा दिन कस्मिकले आवश्यक जनशक्ति राखेको छ । कस्मिकमा १२ जनाभन्दा धेरै फुल टाइमर र केही पार्ट टाइमगरको टेक्निकल टिम छ । पोखराभित्र सबै ठाउँमा यसका स्टाफ पुग्छन् भने पोखराबाहिर अन्य जिल्लामा काम गर्दा त्यहाँको च्यानल प्रयोग गरी देशैभर सेवा दिन सक्ने कस्मिकको दाबी छ ।