फागुन १२ गते २०७६

ताजा समाचार

फागुन १२ गते २०७६

इन्फोटेकमा आसुसको डबल डिस्प्ले ल्यापटप



पोखरामा जारी क्यान इन्फोटेक २०२० मा जेनेक्स अटोमेसनले आसुस ब्रान्डको नयाँ ल्यापटप प्रदर्शनमा राखेको छ ।

आसुस जेनबुक प्रो डियो मोडेलको डबल डिस्प्ले ल्यापटपले मेलामा दर्शकको ध्यान तानेको छ । मेलाको दोस्रो दिन सोमबार पनि यो ल्यापटपबारे बुझ्ने उल्लेख्य दर्शक जेनेक्सको पेभिलियनमा पुगेका छन् ।

एकै पटक २ काम गर्नुपर्ने वा एकतिर हेरेर अर्कातिर काम गर्नुपर्ने खालका काममा यो निकै उपयोगी हुने जेनेक्सका सञ्चालक नवीन पौडेलले बताए । जेनेक्स आसुस ब्रान्डका ल्यापटपको पोखरा रिजनको एकमात्र च्यानल पार्टनर हो ।

मेटालिक बडी भएको यो ल्यापटप निकै आकर्षक छ । यो मोडेल १५.६ र १४ इन्च र इन्टेलको i9 र i7 दुवै प्रोसेसरमा उपलब्ध छ । भिडियो सम्पादन, गेमिङ, ग्राफिक डिजाइन लगायतका ठूला फाइलमा काम गर्नुपर्नेहरुलाई यो ल्यापटप निकै उपयोगी हुने पौडेलले जनाए ।

यो विश्वकै पहिलो डबल डिस्प्ले ल्यापटप भएको कम्पनीको दाबी छ । मेलाभर विशेष छुटमा यसको बिक्री भइरहेको छ ।

यस्तो छ ल्यापटपको स्पेसिफिकेसन

Laptop Specifications Asus ZenBook Pro Duo UX581 Asus ZenBook Pro Duo UX581 Asus ZenBook Duo UX481
Display Size15.6’’ + 14’’15.6’’ + 14’’14’’+ 12.6’’
Display resolution3840 x 2160, and 3840 x 11003840 x 2160, and 3840 x 11001920X1080 and 1980×515
Processor9th gen, i9 9980HK Quad-core, 16MB Cache up to 5GHz9th gen, i7-9750H Quad-Core, 12MB Cache up to 4.5GHz10th gen, i7-10510U, 1.8GHz (turbo up to 4.9GHz) 8MB Cache 
GPUDedicated 6GB GDDR6 NVIDIA GeForce RTX 2060Dedicated 6GB GDDR6 NVIDIA GeForce RTX 2060Dedicated NVIDIA GeForce MX250 GDDR5 2GB VRAM
RAM32GB 2666MHz DDR432GB 2666MHz DDR416GB 2333MHz LPDDR3
Storage1TB PCIe Gen 31TB PCIe Gen 31TB PCIe Gen 3
Battery71Wh, up to 7.5 hrs        71Wh, up to 7.5 hrs         70Wh, up to 8 hrs
Weight2.5Kg2.5Kg1.5Kg
ConnectivityWi-Fi 802.11 ax, Bluetooth 5.0Wi-Fi 802.11 ax, Bluetooth 5.0Wi-Fi 802.11 ax, Bluetooth 5.0
Ports1 x USB Type C/ThunderBolt , 2 x USB 3.0, HDMI1 x USB Type C/ThunderBolt , 2 x USB 3.0, HDMI1 x USB Type C, 2 x USB 3.0, HDMI, MicroSD Reader
Dimensions381.4 x 246.4 x 23.9 mm381.4 x 246.4 x 23.9 mm323.00 x 223.00 x 19.90 mm

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।