
आइतबार दिउँसो पोखरा नयाँबजारको प्रदर्शनी केन्द्र पुगेका गण्डकीका प्रदेश प्रमुख अमिक शेरचनले क्यान इन्फोटेकका स्टलहरु अवलोकन गरे । कस्मिक कम्प्यिुटिङ सोलुसनको स्टलमा पुगेका शेरचनले आफ्नो चश्मा खोले र अर्काे लगाए ।
उनले भचुअल रियालिटी सेट प्रयोग गरी रोलक कोस्टरको अनुभव लिएका हुन् । भर्चुअल रियालिटी हेरिसकेपछि शेरचनले काल्पनिक भए पनि वास्तविककै जस्तो अनुभव भएको सुनाए । माक्र्सवादमा विश्वास गर्ने उल्लेख गर्दै उनले भूतप्रेत आएको चाहिँ आफूलाई त्यति निको नलागेको प्रतिक्रिया दिए ।
हाइ लेभलका एमएसआइ गेमिङ कम्प्युटर बिक्रेता कस्मिक कम्पप्युटरले थ्रिडी एनिमेसन, भिडियो इडिटिङ, ग्राफिक्समा काम गर्न चाहनेहरुलाई उपयुक्त कम्प्युटरहरु प्रदर्शनी तथा बिक्रीमा राखेको सञ्चालक पुरुषोत्तम कुँवरले बताए ।
क्यान इन्फोटेकमा कस्मिकले एमएसआई ब्रान्डका नयाँ उत्पादन आरटिएक्स सिरिजका ग्राफिक्स कार्ड, टेन्थ जेनेरेसन, टप सिरिजको प्रोसेसरयुक्त कम्प्युटर बिक्री तथा प्रदर्शनीमा राखेको छ । इन्फोटेकमा डिजाइनर तथा फोटोग्राफरका लागि आवश्यक मोनिटर, फोरके रिजोलुसनयुक्त प्रोजेक्टर, मोनिटर, एसएसडी एक्स्टर्नल र इन्टर्नल हार्डड्राइभ, व्यावसायिक प्रयोजनका लागि हाइरेन्जका कम्प्युटर तथा ल्यापटप पनि कस्मिकले प्रदर्शनी तथा बिक्री गर्ने छ ।
