प्रविधि

क्यान इन्फोटेकका सबै स्टल बुक

यही फागुन ११ देखि १५ सम्म पोखरामा हुने ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ मा राखिने सम्पूर्ण स्टल बुक भएका छन् । इन्फोटेकमा सय वटा स्टल रहने आयोजक क्यान कास्कीका स्टल व्यवस्थापन उपसमिति संयोजक युवराज पौडेलले जानकारी दिए । यस पटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो । सूचना तथा प्रविधिसँग सम्बन्धित स्टललाई प्रमुख प्राथमिकतामा राखेर स्टल वितरण गरिएको क्यान महासंघ कास्कीका अध्यक्ष रुक्मागत भण्डारी… पुरा पढौ

क्यान इन्फोटेकमा ल्यापटप मर्मत सित्तैमा

क्यान कास्कीले आयोजना गरेको ११ औं क्यान इन्फोटेकमा सित्तैमा ल्यापटप मर्मत गरिने भएको छ । पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा फागुन ११ देखि १५ गतेसम्म चल्ने मेला अवधिभर जुनसुकै ब्रान्डमा ल्यापटप सित्तैमा मर्मत गरिने इन्टेल ल्यापटप हाउसका सञ्चालक दीपक थापाले जानकारी दिए । इन्टेलले बिग्रेका ल्यापटपको मर्मत सित्तैमा गर्ने र पाट्स् फेर्नुपर्ने भएमा पाट्स पनि विशेष छुट उपलब्ध गराउने थापाले बताए । इन्टेलले मेला अवधिभर ल्यापटप एक्सचेन्ज अफर पनि सञ्चालन गर्ने… पुरा पढौ

सीप छ, जागिर छैन, क्यान इन्फोटेक जानुस्

कम्प्युटर एसोसियन नेपाल महासंघ (क्यान) कास्कीले क्यान इन्फोटेकमा सूचना, प्रविधिको ज्ञान भएर पनि बेरोजगार रहेकाहरुलाई लक्षित गरी नयाँ कार्यक्रम ल्याएको छ । इन्फोटेकमा शिक्षित बेरोजगारलाई रोजगार आवेदन फर्म भर्न लगाएर रोजगारी खोज्न सघाउने कार्यक्रम संयोजक घननाथ सापकोटाले बताए । प्रविधिक सीप भएका तर व्यवहारिक ज्ञान आवश्यक पर्नेहरुलाई सित्तैमा तालिमसमेत दिने योजना सापकोटाले सुनाए । यही फागुन ११ देखि १५ गतेसम्म पोखराको नयाँबजारमा ११ औं क्यान इन्फोटेक हुँदै छ । मेला… पुरा पढौ

आजै पृथ्वीको नजिकबाट जानेछ विशाल क्षुद्रग्रह

एउटा विशाल क्षुद्रग्रह (एस्टेरोइट) आज नेपाली समय अनुसार अपरान्ह ४ः५० बजे पृथ्वीको सबैभन्दा नजिक हुँदै जानेछ । १४४३ फिटदेखि ३२४८ फिटबीचको आकारको उक्त ग्रहले पृथ्वीलाई कुनै हानी भने पु-याउने छैन ।  आकारको तुलना गर्दा यो कुनै विशाल गगनचुम्मी भवन आकारको रहेको नासाका विज्ञले बताएका छन् । नासाको ‘सेन्टर फर निअर अर्थ अब्जेक्ट स्टडिज’का अनुसार क्षुद्रग्रहबाट पृथ्वीलाई खतरा पुग्ने छैन ।  क्षुद्रग्रह पृथ्वीबाट झण्डै ५७ लाख ७७ किमी टाढा हुदैं जानेछ ।… पुरा पढौ

काठमाडौंमा सूचना, प्रविधिको महोत्सव सुरु

कम्प्युटर एशोसिएशन नेपाल )क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । दठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनीको शुक्रबार सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरे । बास्कोटाले रोबर्टको बटन थिचेर रोबर्टबाटै रिबन काटी मेला सुरुआत गरेका हुन् । समारोहमा ड्रोनले पुष्प वृष्टि गरेको थियो । भृकुटीमण्डपको प्रदर्शनी हल तथा परिसरमा अन्तर्राष्ट्रियस्तरमा प्रचलित नेपालमा उपलब्ध अधिकांश ब्राण्डका सेवा उपलब्ध छन् । इन्फोटेकमा १ सय ८१ स्टल छन्… पुरा पढौ

सूचना, प्रविधिबारे खुला वक्तृत्वकला

क्यान इन्फोटेकमा टिपी लिंक आइसिटी वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । खुला रुपमा हुने प्रतियोगितामा आइटी आविष्कार, जानकारी, महत्व आदिबारे जो कोहीले विचार राख्न पाउने छन् । प्रतियोगिता फागुन १२ गते मेलास्थल प्रदर्शनी केन्द्र नयाँ बजारमै हुनेछ । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयले क्रमशः २५ हजारको स्मार्ट कलर टिभी, थ्री इन वान प्रिन्टर र उफर सेट दिइने कार्यक्रम संयोजक रुद्र न्यौपानेले बताए । प्रतियोगिताका सहभागीले सूचना प्रविधि आजको आवश्यकता, नेपालको… पुरा पढौ

इन्फोटेकमा जेनेक्स आइसिटी कम्फरेन्स

यसपालिको क्यान इन्फोटेकमा हुने जेनेक्स आइसिटी कम्फरेन्सको तयारी थालिएको छ । विगतका संस्करणमा इन्फोटेकको पूर्वसन्ध्यामा १ दिन हुने कम्फरेन्स यसपालि मेला स्थल प्रदर्शनी केन्द्रमा नै हुनेछ । कन्फरेन्सलाई यसपालि जेनेक्स अटोमेसन प्रालिले सघाएको छ । कन्फरेन्समा सूचना, प्रविधिबारे कार्यपत्र प्रस्तुतिसहित विमर्श हुनेछ । पछिल्लो समय सूचना, प्रविधिबारे सर्वसाधारणको चाख र ज्ञान बढेकाले मेलास्थलमै कन्फरेन्स राखिएको क्यान कास्की अध्यक्ष विश्वास भण्डारीले जानकारी दिए । अघिल्ला संस्करणभन्दा यसपालि धेरैको सहज सहभागिता हुन… पुरा पढौ

सूचना र प्रविधिको उत्सव, क्यान महोत्सव : पाण्डे

क्यान महासंघ कास्कीले १० औं मेला गरिसकेको छ । ११ औं महोत्सवको तयारी हुँदै गर्दा यो बीचमा कस्तो परिवर्तन आएको छ ? क्यान महासंघ कास्कीमा अहिलेसम्म संस्थापकहरुले नै अहिलेसम्म नेतृत्व गरिरहेका छौं । पहिलो महोत्सव गर्दा घाटामा गयो भने पनि पैसा उठाएर खर्च धानौंला भनी गरेका थियौं । अहिलेजस्तो धेरैलाई जानकारी हुने कुरै भएन । ११ औं महोत्सवमा आइपुग्दा यो बीचमा धेरै परिवर्तन भए । सबैले बुझिसके । सबैलाई यसबारे… पुरा पढौ

रोबोसकर कम्पिटिसनलाई कस्मिकको साथ

प्रभु पे क्यान इन्फोनटेक २०२० मा रोबोसकर कम्पिटिसन हुने भएको छ । फागुन ११ देखि १५ गतेसम्म चल्ने इन्फोनटेकमा हुने प्रतियोगितामा रोबोटबीच फुटबल प्रतिश्पर्धा हुनेछ । यस प्रतियोगितालाई कस्मिक कस्मिक कम्प्युटिङ सोलुसन्स न्युरोड पोखराले टाइटल स्पोन्सर गरेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः ८, ५ र ३ हजार जित्ने छन् । सहभागी सबैलाई समान २ हजार दिइनेछ । प्रविधिको विकाससँगसँगै स्थानीय स्तरमा पनि स्वचालित उपकरण बनाउन प्रोत्साहित गर्न… पुरा पढौ

क्यान इन्फोटेकमा जिल्लास्तरीय क्विज

आगामी फागुन ११ देखि १५ गतेसम्म पोखरामा हुने ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ को सन्दर्भमा जिल्लास्तरीय क्विज आयोजना गरिएको छ । तनहुँमा आइसिटी क्विज भइसकेको छ । लमजुङमा फागुन ३ गते शनिबार क्विज हुने क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी विश्वासले जानकारी दिए । क्यान तनहुँको आयोजनामा हालै सम्पन्न क्विजमा अरनिको मावि प्रथम भएको छ । कन्काइ मावि द्वितीय र सत्यवती मावि तृतीय भएको क्यान तनहुँ अध्यक्ष टीकाराम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं