सीप छ, जागिर छैन, क्यान इन्फोटेक जानुस्

कम्प्युटर एसोसियन नेपाल महासंघ (क्यान) कास्कीले क्यान इन्फोटेकमा सूचना, प्रविधिको ज्ञान भएर पनि बेरोजगार रहेकाहरुलाई लक्षित गरी नयाँ कार्यक्रम ल्याएको छ ।

इन्फोटेकमा शिक्षित बेरोजगारलाई रोजगार आवेदन फर्म भर्न लगाएर रोजगारी खोज्न सघाउने कार्यक्रम संयोजक घननाथ सापकोटाले बताए । प्रविधिक सीप भएका तर व्यवहारिक ज्ञान आवश्यक पर्नेहरुलाई सित्तैमा तालिमसमेत दिने योजना सापकोटाले सुनाए ।

यही फागुन ११ देखि १५ गतेसम्म पोखराको नयाँबजारमा ११ औं क्यान इन्फोटेक हुँदै छ । मेला अवधिभर रोजगार आवेदन फर्म भर्न मिल्नेछ । हेल्प डेक्स, ग्राफिक्स डिजाइन, हार्डवयर तथा नेटवर्किङ सम्बन्धी आधारभूत ज्ञान भएकाहरुले यो अवसरको फाइदा लिन सक्नेछन् ।

तालिमपछि आवदेकको रुचि र क्षमताका आधारमा क्यानमै आवद्ध फर्म वा अन्य व्यावसायिक प्रतिष्ठानसँग सहकार्य गरी बेरोजगारलाई जागिर र रोजगारदातालाई दक्ष कर्मचारी उपलब्ध गराउने क्यानको योजना छ ।