क्यान कास्कीले आयोजना गरेको ११ औं क्यान इन्फोटेकमा सित्तैमा ल्यापटप मर्मत गरिने भएको छ ।
पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा फागुन ११ देखि १५ गतेसम्म चल्ने मेला अवधिभर जुनसुकै ब्रान्डमा ल्यापटप सित्तैमा मर्मत गरिने इन्टेल ल्यापटप हाउसका सञ्चालक दीपक थापाले जानकारी दिए । इन्टेलले बिग्रेका ल्यापटपको मर्मत सित्तैमा गर्ने र पाट्स् फेर्नुपर्ने भएमा पाट्स पनि विशेष छुट उपलब्ध गराउने थापाले बताए ।
इन्टेलले मेला अवधिभर ल्यापटप एक्सचेन्ज अफर पनि सञ्चालन गर्ने छ । अफरअन्तर्गत जुनसुकै ब्रान्डमा ल्यापटप उचित मूल्यांकन गरी एक्सचेन्ज गर्न मिल्ने थापाले जानकारी दिए । एक्सचेन्ज गर्नका लागि ल्यापटपको बिल भने अनिवार्य हुनुपर्ने जनाइएको छ ।




