फागुन २ गते २०७६

ताजा समाचार

फागुन २ गते २०७६

इन्फोटेकमा जेनेक्स आइसिटी कम्फरेन्स



यसपालिको क्यान इन्फोटेकमा हुने जेनेक्स आइसिटी कम्फरेन्सको तयारी थालिएको छ । विगतका संस्करणमा इन्फोटेकको पूर्वसन्ध्यामा १ दिन हुने कम्फरेन्स यसपालि मेला स्थल प्रदर्शनी केन्द्रमा नै हुनेछ ।

कन्फरेन्सलाई यसपालि जेनेक्स अटोमेसन प्रालिले सघाएको छ । कन्फरेन्समा सूचना, प्रविधिबारे कार्यपत्र प्रस्तुतिसहित विमर्श हुनेछ । पछिल्लो समय सूचना, प्रविधिबारे सर्वसाधारणको चाख र ज्ञान बढेकाले मेलास्थलमै कन्फरेन्स राखिएको क्यान कास्की अध्यक्ष विश्वास भण्डारीले जानकारी दिए । अघिल्ला संस्करणभन्दा यसपालि धेरैको सहज सहभागिता हुन सक्ने व्यवस्था मिलाइएको र बिटुबि र बिटुसी अन्तक्र्रिया, छलफल निरन्तर हुने उनले बताए ।

आइटीका उपकारणका विशेषताबारे कम्पनीका प्रतिनिधिहरुले नै मेलामा जानकारी दिनेछन् । सर्वसाधारण र उपभोक्ताले उनीहरुसँग जिज्ञासा राखी मेलामै जवाफ पाउने क्यान कास्की सचिव सेवक क्षितिजले बताए ।

पोखराको न्युरोडमा रहेको जेनेक्स अटोमेसन गण्डकी प्रदेशकै सूचना, प्रविधिको क्षेत्रको ठूलो हिस्सेदार हो । पोखरामा नयाँ नयाँ प्रविधि भित्र्याइरहेको जेनेक्सले सूचना, प्रविधिका उपकरणसँगै विद्युतीय घरायसी उपकरणको बिक्री थालेको जेनेक्सका सञ्चालक नवीन पौडेलले जानकारी दिए ।

ग्राहकलाई सहजरुपमा सेवा दिन सबै सेवा न्युरोडको आफ्नै भवनबाट दिने तयारी भएको पौडेलले बताए । सबै सामान एकै ठाउँमा सुलभ मूल्यमा पाइने र पार्किङको समेत समस्या नभएकाले ग्राहकको रोजाइमा जेनेक्स पर्नेमा विश्वश्त रहेको उनले बताए । उनले भने, ‘सबै ब्रान्डका सर्भिस सेन्टर पनि एकै ठाउँमा सञ्चालन गरिनेछ ।’

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीले ११औं संस्करणको प्रदेश स्तरीय ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक फागुन ११ देखि १५ गतेसम्म हुँदै छ ।