फागुन २ गते २०७६

ताजा समाचार

फागुन २ गते २०७६

रोबोसकर कम्पिटिसनलाई कस्मिकको साथ



प्रभु पे क्यान इन्फोनटेक २०२० मा रोबोसकर कम्पिटिसन हुने भएको छ । फागुन ११ देखि १५ गतेसम्म चल्ने इन्फोनटेकमा हुने प्रतियोगितामा रोबोटबीच फुटबल प्रतिश्पर्धा हुनेछ ।

यस प्रतियोगितालाई कस्मिक कस्मिक कम्प्युटिङ सोलुसन्स न्युरोड पोखराले टाइटल स्पोन्सर गरेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः ८, ५ र ३ हजार जित्ने छन् । सहभागी सबैलाई समान २ हजार दिइनेछ । प्रविधिको विकाससँगसँगै स्थानीय स्तरमा पनि स्वचालित उपकरण बनाउन प्रोत्साहित गर्न यो इभेन्ट राखिएको अतिरिक्त क्रियाकलाप संयोजक दीपकराज गिरीले बताए ।

नयाँ आविष्कार र सूचना, प्रविधिमा चाख राख्ने युवा वर्गलाई प्रोत्साहन गर्न यो प्रतियोगितालाई सघाएको कस्मिकका पुरुषोत्तम कुँवरले बताए । कस्मिकले हाइ रेन्जका कम्प्युटर, ल्यापटपसहित सूचना तथा प्रविधिका सामान बिक्री गर्दै आएको छ । बिक्रीपछिको सेवालाई प्राथमिकता दिएकाले सेवाग्राहीको मन जितेको कुँवर सुनाउँछन् ।

क्यान इन्फोटेकमा कस्मिकले एमएसआई ब्रान्डका नयाँ उत्पादन आरटिएक्स सिरिजका ग्राफिक्स कार्ड, टेन्थ जेनेरेसन, टप सिरिजको प्रोसेसरयुक्त कम्प्युटर बिक्री तथा प्रदर्शनीमा राखिनेछ ।

मेलामा विशेष छुटसमेत दिइने भएको छ । इन्फोटेकमा डिजाइनर तथा फोटोग्राफरका लागि आवश्यक मोनिटर, फोरके रिजोलुसनयुक्त प्रोजेक्टर, मोनिटर, एसएसडी एक्स्टर्नल र इन्टर्नल हार्डड्राइभ, व्यावसायिक प्रयोजनका लागि हाइरेन्जका कम्प्युटर तथा ल्यापटप पनि कस्मिकले प्रदर्शनी तथा बिक्री गर्ने छ ।

७ वर्षदेखि पोखराको न्युरोडमा सञ्चालित कस्मिक अहिले लोकप्रिय बनिसकेको छ । कस्मिक स्थापना हुनुभन्दा अगाडि पोखरामा हाइरेन्जको कम्प्युटर ल्यापटपका लागि काठमाडौंकै भर पर्नुपथ्र्याे । कुँवर भन्छन्, ‘तपाईं राम्रो ग्राफिक डिजाइनर, मुभी इडिटर हो, भिडियोमा खेल्न चाहनुहुन्छ, राम्रो प्रोजेक्ट बनाउनुहुन्छ, फिल्म मेकर हो, डकुमेन्ट्री बनाउनुहुन्छ, एनिमेसनको राम्रो विद्यार्थी हो भने तपाईंलाई चाहिने कम्प्युटरमा बजारमा पाइने सस्तो कम्प्युटर फरक हुन्छ । त्यही ग्यापलाई पूरा गर्नका लागि हामी बजारमा उपस्थित भएका हौं ।”

कस्मिक ताइवानको एमएसआइको आधिकारिक डिलर हो । यससँगै कस्मिकले विश्व प्रसिद्ध अन्य ब्रान्ड पनि राखेको छ । उनी भन्छन्, ‘कस्मिकले अफिस अटोमेसन तथा डिनाइन पनि गर्छ, कस्तो कम्प्युटर चाहिन्छ, कुन प्रिन्टर प्रयोग गर्ने, नेटवर्किङ कस्तो हुन्छ, कस्तो नेटवर्क चलाउने, क्यामरा कसरी राख्ने लगायतका विषयमा पनि यसले सल्लाह दिन्छ । कुरा हामी आवश्यकता अनुसार सिकाउछौं ।’

पोखराभित्र सबै ठाउँमा यसका स्टाफ पुग्छन् भने पोखराबाहिरका जिल्लामा काम गर्दा त्यहाँको च्यानल प्रयोग गरी देशैभर सेवा दिन सक्ने कस्मिकको दाबी छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।