फागुन २ गते २०७६

ताजा समाचार

फागुन २ गते २०७६

काठमाडौंमा सूचना, प्रविधिको महोत्सव सुरु

- रोबर्टबाटै रिबन काटियो, ड्रोनबाट पुष्पवृष्टि



कम्प्युटर एशोसिएशन नेपाल )क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

दठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनीको शुक्रबार सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरे । बास्कोटाले रोबर्टको बटन थिचेर रोबर्टबाटै रिबन काटी मेला सुरुआत गरेका हुन् । समारोहमा ड्रोनले पुष्प वृष्टि गरेको थियो ।

भृकुटीमण्डपको प्रदर्शनी हल तथा परिसरमा अन्तर्राष्ट्रियस्तरमा प्रचलित नेपालमा उपलब्ध अधिकांश ब्राण्डका सेवा उपलब्ध छन् । इन्फोटेकमा १ सय ८१ स्टल छन् ।

मेलामा मोबाइल तथा मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युहरु, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स, स्टार्टअप र इन्नोभेसनका तथा कम्प्युटिङ डिभाइसहरुसँग सम्बन्धित कम्पनी, अफिसियलहरु, प्रायोजकहरु र फुड कोर्ट छन् ।

फागुन ७ गतेम्म हुने मेलाको टिकट प्रभुपेबाट किन्न सकिन्छ । पूर्ण पेपरलेस बनाइएको मेला स्थलबाटै पनि किओस्क मेसिनबाट टिकट लिन सकिने आयोजकले जनाएको छ ।