फागुन २ गते २०७६

ताजा समाचार

फागुन २ गते २०७६

सूचना, प्रविधिबारे खुला वक्तृत्वकला

क्यान इन्फोटेकमा टिपी लिंक आइसिटी वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

खुला रुपमा हुने प्रतियोगितामा आइटी आविष्कार, जानकारी, महत्व आदिबारे जो कोहीले विचार राख्न पाउने छन् । प्रतियोगिता फागुन १२ गते मेलास्थल प्रदर्शनी केन्द्र नयाँ बजारमै हुनेछ ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयले क्रमशः २५ हजारको स्मार्ट कलर टिभी, थ्री इन वान प्रिन्टर र उफर सेट दिइने कार्यक्रम संयोजक रुद्र न्यौपानेले बताए । प्रतियोगिताका सहभागीले सूचना प्रविधि आजको आवश्यकता, नेपालको विकासमा सूचना, प्रविधिको महत्व र भिजिट नेपाल २०२० आइटीको भूमिकामध्ये कुनै एक विषयमा विचार राख्नुपर्ने छ ।

सूचना, प्रविधिबारे सर्वसाधारणलाई थप जानकारी दिने प्रतियोगितालाई टिपीलिंक नेटवर्कले सघाएको सञ्चालक दामोदर डुम्रेले बताए । सिसीटिभी, इन्टरकम, फायर एक्सटिङग्युसर, विद्युतीय हाजिरी मेसिन लगायतका आइटी सेक्युरिटी सेवा टिपीलिंकले प्रदान गर्छ । पोखराको न्युरोडमा रहेको टिपीलिंकले पोखरा र छिमेकी जिल्लामा समेत इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीले ११औं संस्करणको प्रदेश स्तरीय ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक फागुन ११ देखि १५ गतेसम्म हुँदै छ ।