सहकारीमा गुरु कोर बैंकिङ सिस्टम

गुरु इन्फोसिस प्रालिद्वरा निर्मित गुरु कोर बैंकिङ सिस्टम (सफ्टवेर एज अ सर्भिस) को अवधारणाका साथ बजारमा आएको छ ।

एसएमएस बैन्किङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम बैन्किङ, मिसकल बैन्किङ, ट्याब्लेट बैन्किङ जस्ता अत्याधुनिक सुविधाका साथ गुरु कोर बैन्किङ सिस्टम नेपाली बजारमा आएको हो ।

उक्त सफ्टवेयर क्लाउडमा चल्नेछ । शेयर, बचत, ऋण, इन्सुरेन्स म्यानेजमेन्ट, फाइल म्यानेजमेन्ट, एक्टिभिटी लग, अडिट लग, अटो बर्थडे मेसेज आदि मुख्य फिचर छन् भने अटो डे क्लोज र अटो ब्याकअप हुने भएकाले प्रयोगकर्ता ब्याकप लिने र सुरिक्षत गर्ने झन्झटबाट मुक्त हुने कम्पनीको दाबी छ ।

गुरुको मोबाइल बैंकिङ प्रयोग गरी सहकारीको खातादेखि बैंकमा रकमान्तर गर्न समेत सकिनेछ। सहकारीका लागि चहिने सम्पूर्ण सेवा, सुविधा आफ्नै इकोसिस्टमबाट दिन सकिने भएकाले सहकारीले कुनै सेवा, सुविधाको अन्य सफ्टवेर प्रायोग गर्न नपर्ने जनाइएको छ ।

सफ्ट्वेर अत्याधुनिक, सजिलो हुनुका साथै सम्पती शुद्धिकरण जस्ता अन्य गुणस्तर सुनिश्चिततासँग सम्बन्धित समय सान्दर्भिक प्रतिबेदनहरु पनि सफ्टवेरमा समाबेस गरिएको छ ।

न्युरोड, काठमाण्डौमा प्रधान कार्यालय रहेको कम्पनीले चितवन, नवलपुर, रुपन्देही, बर्दिया, कास्की, मकवानपुर, पर्सा र सुनसरीमा फिल्ड कार्यलयबाट सेवा दिने प्रमुख कार्यकारी अधिकृत सुधीर सापकोटाले बताए ।