खेलकुद

पिपिएलमा आज २ खेल : काडमाडौंले जित्नैपर्ने

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज (बुधबार) दुई खेल हुँदैछ । पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सले धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्दैछ ।   पोखरा क्रिकेट रंगशालामा बिहान ९ बजे सुरु हुने आजको पहिलो खेलमा काठमाडौंलाई जित्नैपर्ने दबाब छ । पहिलो खेलमा पोखरा पल्टनसँग पराजित भएको काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पारजित भएको थियो ।  उता धनगढी लगातार दोस्रो जितको खोजिमा हुनेछ । धनगढीले पहिलो खेलमा विराटनगर वारियर्सलाई… पुरा पढौ

माउन्ट अन्नपूर्ण र कास्की मोडर्नाइज्डलाई जेपी क्रसको उपाधि

कास्की मोडर्नाइज्ड एकेडेमी र माउन्ट अन्नपूर्णले १७ औं संस्करणको कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्र तथा छात्रा बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको छात्रतर्फको फाइनलमा कास्की मोडर्नाइज्डले बाल कल्याणलाई ५९–४६ स्कोरले हराउँदै उपाधि रक्षा गर्यो । छात्रातर्फको फाइनलमा माउन्ट अन्नपूर्णले टप्स बोर्डिङलाई ३१–२४ स्कोरमा पराजित गरेको थियो । उपाधिसँगै विजेता कास्की मोडर्नाइज्ड र माउन्ट अन्नपूर्णले समान १२÷१२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पा¥यो ।… पुरा पढौ

पिपिएल : आज पोखरा र चितवनको भिडन्त, को बलियो ?

पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज पोखरा पल्टनले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्दैछ । यी २ टोलीबीचको खेल बिहान ११ः३० मा हुनेछ । पहिलो खेलमा सहज जित निकालेको पोखरा पल्टन लगातार दोस्रो जितको खोजिमा छ । यस्तै चितवन पनि आफ्नो पहिलो खेलमा सहज जितको अपेक्षामा हुनेछ । पोखरा शरद भेषवाकर कप्तानी रहनेछ भने चितवन पारस खड्काको कप्तानीमा रहनेछ । पोखराले यसअघि काठमाडौं गोल्डेन वारियर्सलाई पराजित गरेको थियो । पोखरा पल्टनले… पुरा पढौ

माउन्ट अन्नपूर्ण र कास्की मोडर्नाइज्डलाई बास्केटबल उपाधि

कास्की मोडर्नाइज्ड एकेडेमी र माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुलले १७ औं संस्करणको कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । सोमबार भएको फाइनलमा छात्रतर्फ कास्की मोडर्नाइज्ड र छात्रातर्फ माउन्ट अन्नपूर्ण च्याम्पियन बनेका हुन् । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको छात्रतर्फको फाइनलमा कास्की मोडर्नाइज्डले बाल कल्याणलाई ५९–४६ अंकले हरायो । छात्रातर्फको फाइनलमा माउन्ट अन्नपूर्णले टप्स बोर्डिङलाई ३१–२४ ले पछि पा¥यो । उपाधिसँगै विजेता कास्की मोडर्नाइज्ड र माउन्ट अन्नपूर्णले समान… पुरा पढौ

पिपिएल : धनगढी ब्लुजको रोमाञ्चक जित

दिपेन्द्र सिंह ऐरीले उत्कृष्ठ बलिङ गरेपछि नमस्ते पोखरा प्रिमियर लिग(पिपिएल)को दोस्रो संस्करणको दोस्रो दिनको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाईटन्सलाई ५ रनले पराजित गर्दै दुई अंक जोडेको छ । क्विन्स इभेण्ट म्यानेजेमन्ट प्रालिको आयोजना सोमबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस हारेर व्याटिङमा उत्रिएको धनगढीले निर्धारित २० ओभरमा ११७ रन बनाउँदै विराटनगरलाई लक्ष्यको चुनौति तेस्र्याएको थियो । सहाब आलमको बलमै गोल्डेन डक भएका ऐरीले बलिङमा भने उत्कृष्ठ प्रदर्शन… पुरा पढौ

पिपिएल : टस जितेर बलिङ गर्दै विराटनगर

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट दोस्रो दिन अहिले विराटनगर टाईटन्स र धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा केही बेरमा हुने खेलमा  विराटनगरले टस जितेको छ र पहिले बलिङ गर्ने भएको छ ।  आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा हुनेछन् । प्रदिप ऐरीको कप्तानीमा विराटनगर मैदान उत्रँदा धनगढीको नेपाली राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका दिपेन्द्र सिंह ऐरीको कप्तानीमा हुनेछ ।  आइतबार भएको पहिलो… पुरा पढौ

माघेसंक्रान्तिमा लाहाचोकमा फुटवल प्रतियोगिता

माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लव माछापुच्छे«–४, लाहाचोकले माघेसंक्रान्तिको अवसरमा फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी माघ १ गतेदेखि ६ गतेसम्म हुने भएको छ । प्रतियोगिता विजेताले रु.१ लाख ५५ हजार ५५५, उपविजेताले रु.७७ हजार ७७७ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्टाइकर, सर्वाधिक गोलकर्ता तथा अनुशासित समूहले नगद पुरस्कार प्राप्त गर्ने खेल संयोजक राजेन्द्र गौतमले जानकारी दिए । प्रतियोगिताको प्रथम पुरस्कार स्मार्ट… पुरा पढौ

भारत लगातार चार खेलमा पराजित

भारत १४ वर्षपछि पहिलो पटक घरमा लगातार चार एक दिवसीय क्रिकेटमाखेलमा पराजित भएको छ । वेष्ट इन्डिजसंग आइतबार राति चेन्नाईमा भएको खेलमा ८ विकेटले पराजित भएपछि भारत लगातार चार एक दिवसीय खेलमा पराजित भएको हो ।  यसअघि गत मार्चमा भारतले घरेलु मैदानमा लगातार तीन खेल हारेको थियो । १४ वर्षअघि भारतले घरेलु मदानमा सन् २००५ मा लगातार चार खेल हारेको थियो ।  चेन्नाईमा ८ विकेटको हार भारतको वेष्ट इन्डिजसंग १०… पुरा पढौ

मौरिन्हो आएपछि टोटनह्यामको नाटकीय जित

इंगलिश प्रियिमर लिग फुटबलमा जोजे मौरिन्होले टिम सम्हालेपछि टोटनह्याम हट्सपरले अपत्याशित र नाटकीय जित निकाल्न सुरु गरिसकेको छ ।  आइतबार राति भएको खेलमा टोटनह्यामले उल्भरह्याम्पटन वान्डेरर्सलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । ईन्जुरी समयमा गोल गर्दै टोटनह्यामले जित निकालेको हो । जन वर्थोन्घेनले गोल गरेसंगै टोटनह्यामले तीन अंक पायो । टोटनह्यामका अध्यक्षले मौरिन्हो आएपछि टोटनह्याम आएपछि उपाधि जित्न सक्ने दावी गरिरहँदा यसै गरी नतिजा ल्याउने हो भने उपाधि जित्न… पुरा पढौ

रोनाल्डो एक्लैले २ गोल गरेपछि…

सुपरस्टार क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै साविक विजेता युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा युभेन्ट्सले उडिनेसेलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले नवौं र ३७ औं मिनेटमा दुई गोल गरे । लियोनार्दो बुनिचीले ४५औं मिनेटमा एक गोल गरेका थिए ।   उडिनेसेका इग्नासिया पुसेट्टोले खेलको अन्तिममा सान्त्वना गोल फर्काएका थिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको युभेन्ट्सले १६ खेलमा ३९… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं