माघेसंक्रान्तिमा लाहाचोकमा फुटवल प्रतियोगिता

माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लव माछापुच्छे«–४, लाहाचोकले माघेसंक्रान्तिको अवसरमा फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी माघ १ गतेदेखि ६ गतेसम्म हुने भएको छ ।

प्रतियोगिता विजेताले रु.१ लाख ५५ हजार ५५५, उपविजेताले रु.७७ हजार ७७७ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्टाइकर, सर्वाधिक गोलकर्ता तथा अनुशासित समूहले नगद पुरस्कार प्राप्त गर्ने खेल संयोजक राजेन्द्र गौतमले जानकारी दिए ।

प्रतियोगिताको प्रथम पुरस्कार स्मार्ट माछापुच्छ्रे सेवा समाजका संयोजक भगवान शाहीले प्रायोजन गरेको उनले बताए ।

आयोजक समितिको बैठकले प्रचियोगिता सम्पन्न गर्नका लागि विभिन्न १२ उपसमिति गठन गरेको छ ।

प्रतियोगितामा गण्डकी प्रदेश भित्रकाका क्लव मात्रै सहभागी भाग लिन पाउने क्लबका अध्यक्ष निरज शाहीले बताए ।-फाइल फोटो