पिपिएल : आज पोखरा र चितवनको भिडन्त, को बलियो ?

पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज पोखरा पल्टनले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्दैछ । यी २ टोलीबीचको खेल बिहान ११ः३० मा हुनेछ ।

पहिलो खेलमा सहज जित निकालेको पोखरा पल्टन लगातार दोस्रो जितको खोजिमा छ । यस्तै चितवन पनि आफ्नो पहिलो खेलमा सहज जितको अपेक्षामा हुनेछ ।

पोखरा शरद भेषवाकर कप्तानी रहनेछ भने चितवन पारस खड्काको कप्तानीमा रहनेछ । पोखराले यसअघि काठमाडौं गोल्डेन वारियर्सलाई पराजित गरेको थियो ।

पोखरा पल्टनले गत वर्ष फाइनलमा चितवन राइनोजलाई पराजित गर्दै उपाधि जितेको थियो ।