पिपिएल : टस जितेर बलिङ गर्दै विराटनगर

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट दोस्रो दिन अहिले विराटनगर टाईटन्स र धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रंगशालामा केही बेरमा हुने खेलमा  विराटनगरले टस जितेको छ र पहिले बलिङ गर्ने भएको छ । 

आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा हुनेछन् ।

प्रदिप ऐरीको कप्तानीमा विराटनगर मैदान उत्रँदा धनगढीको नेपाली राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका दिपेन्द्र सिंह ऐरीको कप्तानीमा हुनेछ । 

आइतबार भएको पहिलो खेलमा काठमाडौं घरेलु टोली पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको थियो । प्रतियोगिता अन्तर्गत आज हुने दोस्रो खेलमा बुटवल बलास्टरले काठमाडौं गोल्डेनसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेल १२ः४५ सुरु हुनेछ ।