खेलकुद

सर्जियो अग्युरोले बनाए दुई ठूला रेकर्ड

इंगलिश प्रिमियर लिग फुटबलमा सर्जियो अग्युरोले रेकर्ड बनाएका छन् । म्यानचेस्टर सिटीका खेलाडी अग्युरोले सर्वाधिक गोलके रेकर्ड बनाएका हुन् । आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । उक्त क्रममा अग्युरोले ह्याट्रिक पूरा गरे । यस्तै रियाद महरेजले दुई तथा ग्राबियल जिससले एक गोल गरे । घरेलु मैदानमा एस्टनका अनवर एल घाजीले सान्त्वना गोल फर्काए । यो हो अग्युरोको कीर्तिमानह्याट्रिक गरेसँगै अर्जेन्टिनाका फरवार्ड अग्युरो… पुरा पढौ

स्पेनिश सुपर कपको उपाधि रियाल मड्रिडलाई

स्पेनिश सुपर कप फुटबलको उपाधि रियाल मड्रिडले जितेको छ । आइतबार राति एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियालले सुपर कपको उपाधि उचालेको हो । रियाल पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले विजयी भयो । निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो । अतिरिक्त समयमा भने रियाल १० खेलाडीमा सिमिति बनेको थियो । फेडरिको भल्भर्डे रातो कार्ड खादै मैदान बाहिरिएका थिए । रियालले ११ औ पटक… पुरा पढौ

सन्दिपले लिए विकेट

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध मेलवर्न स्टार्सले अस्ट्रेलियामा जारी बिग बास क्रिकेट लिगमा आठौं जित निकालेको छ । आइतबार भएको खेलमा सिड्नी सिक्सरमाथि ४४ रनको नतिजा निकाल्दै सन्दीप आबद्ध मेलवर्न स्टार्सले आठौं जित निकालेको हो । मेलवर्न क्रिकेट मैदानमा २ सय २० रनको विशाल लक्ष्य पच्छाएको सिड्नी निर्धा्रित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५७ रनमा समेटिएपछि मेलवर्न विजय भएको हो । सिड्नीका लागि बेनले सर्वाधिक ४२ रन… पुरा पढौ

लिगमा थ्रीस्टारलाई नमीठो धक्का !

उपाधि होडमा रहेको ललितपुरे थ्रीस्टार क्लबलाई नमीठो धक्का लागेको छ । जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबारको खेलमा फ्रेन्डस क्लबसंग पराजित भएपछि थ्रीस्टारलाई उपाधि होडमा धक्का लागेको हो ।   छैटौं चरणको खेलमा थ्रिस्टारमाथि १-० को नतिजा निकाल्दै फ्रेन्डसले लिगमा पहिलो जित दर्ता गरेको थियो । फ्रेन्डसको जितमा विदेशी खेलाडी वागनर डि कार्मोले निर्णायक गोल गरेका हुन् । ।  फ्रेन्डसले १३ औं मिनेटमा अग्रता लिएको थियो ।… पुरा पढौ

खुला भलिबल उपाधि एपीएफलाई

विभागीय क्लब एपीएफले न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार भएको फाइनलमा आयोजक न्यु डायमण्डमाथि ३-० को सोझो सेटमा जित निकाल्दै एपीएफले उपाधि जितेको हो । योसँगै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो । नयाँबसपार्कस्थित ढोरपाटन प्रशिक्षण केन्द्रमा पहिलो सेट २५-२० ले जितेको एपिएफले दोस्रो सेट २५-२३ ले जितेको हो । सुरुआती अग्रता लिएपनि निकै प्रतिस्पर्धात्मक भएको सेटमा एपीएफ विजय भएको थियो । निर्णायक तेस्रो सेटमा… पुरा पढौ

फ्रेन्डस क्‍लबसँग थ्रीस्टार पराजित

सहिद स्मारक ‘ए’ डिभिजन फुटबल अन्तर्गत पहिलो खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टारलाई पराजित गरेको छ। आइतबार दशरथ रंगशालामा भएको खेलमा फ्रेन्डसले थ्रीस्टारलाई १-० गोल अन्तरले पराजित गरेको हो । फ्रेन्डसको विदेशी खेलाडी वांगर डे कार्नोले १३ औं मिनेटमा गोल गर्दै जित दिलाएका हुन् । जितसँगै फ्रेन्ड्स ६ खेलमा १ जित ३ हार र २ बराबरीसहित ५ अंक भएको फ्रेन्ड्स ११औँ स्थानमा छ। पराजयपछि थ्रीस्टार क्लब भने ६ खेलबाट १० अंकसहित… पुरा पढौ

सुदुर पश्चिमसँग गण्डकी प्रदेशको लज्जास्पद हार

 दोस्रो जितसँगै सुदुरपश्चिम प्रदेशले मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा सेमीफाईनल सम्भव बनाउँदा पहिलो खेलबाटै गण्डकी प्रदेश भने बाहिरिएको छ । आईतबार सुदुरपश्चिमसँगको प्रतिस्पर्धामा कमजोर प्रदर्शनसँगै लज्जास्पद हार व्यहोर्दै पोखरा फर्किने तयारी गर्यो । अब अन्तिम खेल मलेसिया ११ सित मंगलबार प्रतिष्ठाको लागि खेल्ने छ । सुदुर पश्चिमका विनोद लामाको उत्कृष्ठ बलिंग सामु गण्डकी प्रदेशका खेलाडी सस्तैमा पवेलियनको बाटो समाए । ९ व्याट्सम्यानले दोहोरो अंकको रनबाट चुके । किशोर महतोले मात्रै… पुरा पढौ

प्रेसिडेन्ट कपको पाँचै स्वर्ण भारतको पोल्टामा

काठमाण्डौमा सम्पन्न प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सेरिज २०२० को पाँचै विधाको स्वर्ण भारतले आफ्नो पोल्टामा पारेको छ । पुरुष एकल तर्फको खेलमा भारतका जुनियर नम्बर एक तथा बिश्व जुनियर बरियतामा तेश्रो स्थानमा रहेका मिरबा लुवाङ्गले दुवई ईन्टरनेशलन सिरिजका बिजेता प्रिन्स दाहाललाई २१–१६, २१–२३, २१–१५ ले पराजित गर्दै उपाधी उचाले । मिरबा भर्खरै बंगलादेशमा सम्पन्न बंगलादेश जुनियर ईन्टरनेशनलका समेत बिजेता हुन् । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फ… पुरा पढौ

यनाइटेड र चेल्सीले जित्दा लेस्टर पराजित

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले फराकिलो जित निकाल्दा दोस्रो स्थानमा रहेको लेस्टर सिटी भने साउथह्याम्पटनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा युनाइटेडले नर्विच सिटीलाई ४–० गोलले हरायो । घरेलु मैदानमा युनाइटेडलाई जिताउन मार्कस रास्फोर्डले २७औँ र ५२औँ मिनेटमा दुई गोल गरे । एन्थोनी मार्सियलले ५४औँ र मासुन ग्रीनउडले ७६ औँ मिनेटमा एक–एक गोल थपेका थिए । जितसँगै २२ खेलबाट ३४ अंक बनाएको युनाइटेड पाँचौँ स्थानमा… पुरा पढौ

ढुंगेसाँघु मेलामा प्रदेशस्तरीय कराँते

नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा यही पुस २९ र माघ १ गते पोखरा–१७ स्थित पवित्र धार्मिकस्थल ढुंगेसाँघुमा १९ औं सस्करणको माछापुच्छ्रे कप गण्डकी प्रदेशस्तरीय क्योकुशिन कान फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुदैं छ । पुरुष तर्फ २५, ३०, ३५, ४०,४५, ५०, ५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा गराईने छ । महिला तर्फ भने ३५, ४०, ४५ र  ५० केजी तौल समूहमा प्रतिस्पर्धा गराईने शनिबार आयोजित पत्रकार सम्मेलनमा क्योकुशिन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं