सन्दिपले लिए विकेट

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध मेलवर्न स्टार्सले अस्ट्रेलियामा जारी बिग बास क्रिकेट लिगमा आठौं जित निकालेको छ ।

आइतबार भएको खेलमा सिड्नी सिक्सरमाथि ४४ रनको नतिजा निकाल्दै सन्दीप आबद्ध मेलवर्न स्टार्सले आठौं जित निकालेको हो ।

मेलवर्न क्रिकेट मैदानमा २ सय २० रनको विशाल लक्ष्य पच्छाएको सिड्नी निर्धा्रित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५७ रनमा समेटिएपछि मेलवर्न विजय भएको हो । सिड्नीका लागि बेनले सर्वाधिक ४२ रन बनाउँदा कप्तान मोरीसले ४१ रन जोडे । जोर्डन सिल्कले ३२ रन बनाउँदा ड्यानियल ह्युजले २० रन बनाएका थिए ।

मेलवर्नका हिन्चलिफले ३ विकेट लिँदा नेपालका लामिछानेले १ विकेट लिए । वोरल,मोरिस,हरिस रौफले १–१ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको मेलवर्नले मार्कुस स्टोनिसको शतकमा २ सय १९ रन बनाएको थियो ।

७९ बलको सामना गरेको स्टोनिसले १३ चौका र ८ छक्काको मदतमा १ सय ४७ रन बनाए । हिल्टन कार्टराइटले ५९ रन बनाए ।

४० बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरेका थिए । कप्तान ग्लेन म्याक्सवेल ५ रनमा अविजित रहे । सिड्नीका टोम कुरानले १ विकेट लिएका थिए ।